राष्ट्रिय चिकित्सा शिक्षा विधेयक अध्ययनको प्रतिवेदन छिटो पेश गर्न  ध्यानाकर्षण

सफल खबर संवाददाता

बुधबार, १४ कार्तिक २०७५, १८ : ४५
राष्ट्रिय चिकित्सा शिक्षा विधेयक अध्ययनको प्रतिवेदन छिटो पेश गर्न  ध्यानाकर्षण

काठमाडौँ । संघीय संसद प्रतिनिधिसभा अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक अध्ययनका लागि गठित उपसमितिलाई छिटो प्रतिवेदन पेश गर्न ध्यानाकर्षण गराएको छ । 
समितिको बुधबार सिंहदरबारमा बसेको बैठकले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक अध्ययनका लागि गठित उपसमितिलाई छिटो समितिमा आफ्नो प्रतिवेदन पेश गर्न पनि सचेत गराएको छ । बैठकमा समितिको वार्षिक कार्ययोजनाका विषयमा विस्तृत छलफल गर्ने एजेन्डा तय गरिएको पनि समितिकी सभापति जयपुरी घर्तीले जानकारी दिनु भयो ।  
बैठकमा समितिका सदस्यहरुले समितिको कामकार्वाहीलाई प्रभावकारी बनाउने गरी वार्षिक कार्ययोजना बनाउनुपर्ने आवश्यक्ता औंल्याउनु भएको थियो । समितिका सदस्य योगेश भट्टराईले समितिको कामलाई प्रभावकारी बनाउने गरी वार्षिक कार्ययोजना बनाउनुपर्ने प्रस्ताव गर्नु भएको थियो । 
समितिका अर्का सदस्य खगराज अधिकारीले स्रोत र साधनलाई हेरेर सरकारलाई निर्देशन दिनुपर्नेमा जोड दिनु भएको थियो । उहा“ले समितिले दिएका निर्देशन पालना हुने खालको हुनुपर्ने पनि स्पष्ट पार्नु भयो । 
बैठकले उपचाररत प्रधानमन्त्री ओलीको शिघ्र स्वास्थ्य लाभको कामना गरेको छ । समितिको अर्काे बैठक मंसीर २ गते आईतबार बोलाइएको छ । 


 

प्रतिक्रिया दिनुहोस