काठमाडौँ। भारतीय क्रिकेट टिमका कप्तान रोहित शर्माले टेष्ट क्रिकेटबाट सन्यास लिएको घोषणा गरेका छन्। ३८ वर्षीय रोहितले सामाजिक सञ्जालमार्फत टेष्ट क्रिकेटबाट सन्यास लिएको घोषणा गरेका हुन् ।
उनले भारतका लागि ६७ टेस्ट खेलेका छन् । उक्त खेलमा उनले १२ शतक र १८ अर्ध शतकसहित ४३०१ रन बनाएका हुन् ।
टेष्टमा रोहितले सन् २०१३ मा वेष्ट इन्डिजविरुद्ध डेब्यु गरेका थिए । उनले टी-२०आई क्रिकेटबाट भने यसअघि सन्यास लिइसकेका छन् । ओडिआई क्रीकेटमा भने निरन्तरता दिने रोहितले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २४ बैशाख २०८२, २१ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रोहितले भने- मैले सन्यास लिएको छैन