काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र सुदूरपश्चिम संसदीय दलका नेताहरूबिचको छलफल स्थगित भएको छ । लामो समय देखिको विवाद समाधानका लागि प्रचण्डले बुधवार दिउँसो १ बजे दलका नेताहरूलाई आफ्नो निवास खुमलटार बोलाएका थिए ।
तर प्रचण्ड हिजो राति शौचालयमा लडेर घाइते भएपछि छलफल स्थगित भएको बुझिएको छ । सुदूरपश्चिम प्रदेशका सांसद शिवसिंह ओली अर्को सूचना नआएसम्म छलफल स्थगित भएको जानकारी दिए ।
‘संसदीय विवाद समाधानका लागि अध्यक्षले बोलाएर हामी काठमाडौँ आएका छौँ । छलफलका लागि दिउँसो १ बजे खुमलटार बोलाउनुभएको थियो । अहिले भर्खर बैठक स्थगित भएको खबर आएको छ । अर्को पटक बोलाउँछौ भनेका छन् । कहिले बोलावट हुन्छ थाहा छैन’, उनले भने ।
२०८० फागुनमा संसदीय दलको नेताबाट भट्टलाई हटाएर मानबहादुर धामी दलको नेता बनेपछि विवाद उत्कर्षमा पुगेको छ । प्रचण्डले सहमतिमै विवाद समाधान गर्न पटक पटक निर्देशन दिएपनि कार्यान्वयन भएको छैन ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २४ बैशाख २०८२, १२ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपा र रवि लामिछानेलाई अन्याय नहोस् भनेर लागिरहेको छु: प्रचण्ड
विवेक पुर्याएरै सत्तारुढ दलसँग समझदारी गरेका हौं : प्रचण्ड
प्रचण्ड र पूर्णबहादुरबीच छलफल जारी
भूकम्प प्रभावितको पुनर्स्थापना गर्न सरकारलाई आग्रह गर्छु : प्रचण्ड
प्रचण्ड र देउवाबिच टेलिफोन कुराकानी
छिट्टै ठूलो आन्दोलन हुँदै छ, तयार रहनूः प्रचण्ड