एजेन्सी । पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफले भारतले सर्वसाधारण नागरिकविरुद्ध हवाई हमला गरेको दाबी गरेका छन्।
ख्वाजा आसिफले बीबीसी उर्दुसँग भनेका छन्, ‘हेर, उनीहरू (भारत) ले आतंकवादी लुक्ने ठाउँहरूलाई लक्ष्य गरिएको दाबी गरिरहेका छन्। म अन्तर्राष्ट्रिय मिडियालाई भन्न चाहन्छु- सबै पक्षले आफैँ आएर हेर्नुहोला, यी आतंकवादी लुक्ने ठाउँ हुन् कि नागरिक बस्ती, जसमा हाम्रा दुई मस्जिद पनि परेका छन्।’
‘एक बच्चा सहिद भएका छ।न् एक महिला सहिद भएकी छन्। मसँग सहिदको पछिल्लो तथ्यांक छैन, तर पुष्टि भएका सात निशानामध्ये दुई कश्मीरमा र पाँच पाकिस्तानमा छन्। यी सबै निशाना सर्वसाधारणमाथि थिए।’
पाकिस्तानी सेनाले भने भारतीय आक्रमणमा दुई बालबालिकासहित सात जनाको मृत्यु भएको पुष्टि गरेको बीबीसी हिन्दीले जनाएको छ।
उता भारतकै अर्को पत्रिका दैनिक भास्करले भने हमलामा ३० जना मारिएको लेखेको छ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
बुधबार, २४ बैशाख २०८२, ०७ : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
टी–२० विश्वकपको सुपर–८ मा आज पाकिस्तान र न्युजिल्याण्ड भिड्दै
विश्वकपमा आज तीन खेल : नामिबियालाई हराउनै पर्ने दबाबमा पाकिस्तान, समूह विजेता बन्ने दाउमा भारत
टी-२० विश्वकप: भारत र पाकिस्तानबीच आज महाभिडन्त, वर्षाको खतरा
टी-२० विश्वकप: भारत-पाकिस्तान महाभिडन्तमा वर्षा बाधक हुने, कोलम्बो पुग्यो भारतीय टोली
टी–२० विश्वकप : पाकिस्तानले गर्यो भारतसँग खेल्ने निर्णय
भारत र पाकिस्तानबिचको खेलबारे अन्योल, अब निर्णय आईसीसीको हातमा !