सुरक्षा परिषद्को बैठक जारी

सफल खबर संवाददाता

बुधबार, २४ बैशाख २०८२, १६ : २१
सुरक्षा परिषद्को बैठक जारी

काठमाडौँ । सुरक्षा परिषद्को बैठक जारी छ । प्रधानमन्त्री केपी शर्मा ओलीसहितको उपस्थितिमा सिंहदरवारमा बैठक बसिरहेको हो ।

बैठकमा उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री रमेश लेखक, रक्षामन्त्री मानवीर राई, मुख्यसचिव एकनारायण अर्याल, नेपाली सेनाका प्रधान सेनापति अशोकराज सिग्देल प्रतिनिधि लगायतको उपस्थिति छ ।

भारत र पाकिस्तानबीच बढ्दै गएको युद्धका कारण नेपालमा पर्न सक्ने प्रभावबारे बैठकमा छलफल हुने बुझिएको छ । यसअघि गृह मन्त्रालयमा राष्ट्रिय सुरक्षा समितिको बैठक बसेको थियो । उक्त बैठकले सीमा, विमानस्थल लगायतका क्षेत्रमा सुरक्षा निगरानी बढाउने निर्णय गरेको थियो ।

 

प्रतिक्रिया दिनुहोस