काठमाडौं । तिखो आलोचना र झण्डै झण्डै पानी बाराबारकै अवस्थामा रहेका दुई कम्युनिष्ट पार्टीका शीर्ष नेताहरुको तीन दिन यताको भेटघाट समाचारका खास खबर बनिरहेका छन् ।
आइतबार प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा प्रधानमन्त्री केपी ओली, माओवादी अध्यक्ष प्रचण्ड, माओवादी उपमहासचिव वर्षमान पुन (अनन्त) र प्रधानमन्त्रीका विज्ञ सल्लाहकार अग्नि खरेलका बीचमा सम्वाद भएपछि नेपालको राजनीतिमा एकाएक संसय फैलिएको छ ।
कतै टिआरसीको छलफलबाट नयाँ सत्ता गठबन्धनको होमवर्क हुन पो लागेको हो की भन्ने गरी सनसनी फैलिरहेको छ । सितिमिति आफनो कुर्सीलाई बढी महत्व दिने ओली त्यसदिन विपक्षी दलका नेता प्रचण्डको छेउमै कुर्सीबाट उठेर अर्काे कुर्सी राखेर बसेका छन् । ओलीले प्रचण्डलाई महत्व दिएको र कुर्सी नै छेउमा सारेर बसेको भन्दै नयाँ समिकरणको कोसिस भइरहेको चर्चा सञ्चारमाध्यममा गराईएको छ ।
वर्षमान पुनसहित आइतबार ओली प्रचण्डको भेट हुनु र आज विष्णु पौडेल खुमलटार पुगेर प्रचण्ड भेटनुभित्र नयाँ समिकरणको रिहर्सल शुरु भएको टिप्पणी राजनीतिक वृत्तमा छ । तर त्यस्तो केही नरहेको र एमालेले माओवादी नेताहरुसँग भेटघाट बाक्लो देखाएर कांग्रेससङ्ग केही नियुक्तिहरुमा बार्गेनिङ मात्र गर्न खोजेको माओवादी नेताहरुले बताएका छन् ।
सत्ता गठबन्धनमा रहेका कांग्रेस र एमालेका बीचमा गर्भनर नियुक्ति पेचिलो बनिरहेका बेला प्रधानमन्त्रीले विपक्षी दलका नेता प्रचण्डलाई बोलाएर भेट गरेपछि राजनीति तरंगित बनेको हो । त्यसमाथी वर्षमान पुनसहितका नेता बसेर छलफल भएपछि केही सञ्चारमाध्यमले नयाँ समिकरणको लेखाजोखा समेत गरेका छन् ।
प्रचण्ड प्रधानमन्त्रीबाट हट्ने बेला पनि प्रमुख तीन दल कांग्रेस, एमाले र माओवादीका शीर्ष नेताहरुका बीचमा यस्तै खालको छलफल भएको थियो । एकले अर्काे दललाई इन्गेज गराईराख्ने र अर्काे छिर्के दाउ हान्ने गरेको त्यसबेलाको राजनीतिसँग अहिले पनि कतिपयले तुलना गर्न थालेका छन् ।
प्रधानमन्त्री ओलीले शनिबार यता लगातार बालुवाटारमा कांग्रेस सभापति शेरबहादुर देउवासँग सम्वाद गर्ने र अर्काेतिर विपक्षी दलका नेता तथा ओली सरकार निर्माण भएयता निक्कै तिखो आलोचना गदैं आईरहेका माओवादी अध्यक्ष प्रचण्डसँग पनि उस्तै पेरिफेरिको भेट बाक्लो बनाउनुलाई अर्थपूर्ण मानिएको छ ।
खासमा आइतबार ओली र प्रचण्डका बीचमा संक्रमणकालिन न्याय टुंगो लगाउन बनाउने आयोगका विषयमा छलफल थियो । त्यसलाई सञ्चारमाध्यमले नयाँ समिकरणको आशंका ब्यक्त गरे । सोही आशंकाकै बीच काङ्ग्रेस नेता शेखर कोइरालाले ओलीले देउवालाई प्रधानमन्त्री छोडदैनन् सम्म भन्न भ्याईसके ।
ओली र प्रचण्ड बीच द्रोस्रो दिनमा भएको संसदको भेटले र कानेखुसीले झन् राजनीति तथ तरंगित बनाएको छ । संसदमा नीति तथा कार्यक्रममा विपक्षी दलका नेता प्रचण्डले सम्वोधन गर्ने कार्यक्रम थियो । संसदभित्र ओली र प्रचण्डका बीचमा कानेखुसी चल्यो । खासमा त्यहाँ ओलीले प्रचण्डलाई तपाई आफनो कुरा राख्दै गर्नुस्, म केही समय बाहिर निस्केर बोल्दैगर्दा आईपुगिहाल्छु मात्र भनेका थिए । त्यही खासखुसले पनि राजनीति अर्काे तरंगित बनायो ।
तेस्रो त झन् आज उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल प्रचण्ड निवास खुमलटार पुगेको प्रसंगले । अर्थमन्त्री पौडेल नयाँ बजेटमा विपक्षी दलको सुझाव लिन खुमलटार पुगेका थिए । यसले पनि थप राजनीतिलाई तरंगित बनाएको छ ।
वर्षमान पुनसहित आइतबार ओली प्रचण्डको भेट हुनु र आज विष्णु पौडेल खुमलटार पुगेर प्रचण्ड भेटनुभित्र नयाँ समिकरणको रिहर्सल शुरु भएको टिप्पणी राजनीतिक वृत्तमा छ । तर त्यस्तो केही नरहेको र एमालेले माओवादी नेताहरुसँग भेटघाट बाक्लो देखाएर कांग्रेससङ्ग केही नियुक्तिहरुमा बार्गेनिङ मात्र गर्न खोजेको माओवादी नेताहरुले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २३ बैशाख २०८२, ११ : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमालेको राजनीतिमा सक्रिय भएको पूर्वराष्ट्रपति भण्डारीको घोषणा (पूर्णपाठ)
सरकारको एक वर्षको काम सन्तोषजनक रहेको एमालेको निष्कर्ष
ओलीले तिरे एमालेको लेबी
वैशाखभित्र राष्ट्रिय महाधिवेशन गर्ने आन्तरिक तयारीमा एमाले
एमालेको सचिवालय बैठक बस्दै
प्रतिनिधि सभाबाट आगामी आर्थिक वर्षको बजेट मंगलबार पारित हुँदै, एमालेले जारी गर्यो ह्विप