काठमाडौँ । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले किसानले बाली लगाउने र बिउ छर्ने बेलामा नै मलखादको हाहाकार भएको बताएका छन् । मलखादको हाहाकार मच्चाएर दुई तिहाइको बलियो सरकारले नै खुलेआम कालोबजारी गरेर किसानमाथि अन्याय गरेको उनले आरोप लगाए ।
प्रतिनिधि सभाको बुधबार बसेको बैठकलाई सम्बोधन गर्दै साहले तराई- मधेससहित पहाडका किसानहरू मलको अभावले तड्पिरहेको बेला सरकार र प्रहरीको उच्च ओहोदामा बस्नेहरू किसानलाई लुटेर महल बनाउने कार्य आफूलाई स्वीकार्य नभएको बताए ।
‘सम्माननीय सभामुख महोदय, अहिले मल, खादको अभाव छ, हाहाकार छ, बाली लगाउने बेला, बिउ छर्ने बेलामा नै किसानले मल पाएका छैनन् । मल पाए पनि दुईदेखि तीन गुणा महँगोमा पाएका छन् ।
त्यो पनि सरकारी निकायले दिने ठाउँमा होइन, पसलहरूमा पाइराखेका छन् । म सम्माननीय प्रधानमन्त्रीज्यूलाई सोध्न चाहन्छु–यो मल खरिद र वितरणको जिम्मा तपाईँको हो कि होइन ? केन्द्रीय सरकारको हो कि होइन ? यदि हो भने किसानप्रति किन यसरी अन्याय गर्नुहुन्छ ?,’ साहले भने ।
पूर्वमन्त्री साहले नेपालको मूल आयस्रोत भनेको नै कृषि क्षेत्र भएको उल्लेख गरे । तर, कृषि क्षेत्रमा नै विभेद गरिएको कुरा भने पीडादायी भएको उनको गुनासो छ । किसानलाई मलखाद उपलब्ध गराउने जिम्मेवारी सरकारको भए पनि सरकार मौन बसेर किसानसँग खेलबाड गरिरहेको उनले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २४ बैशाख २०८२, १६ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सरकारले सुकुमबासी बस्तीमा खानेपानी उपलब्ध गराउनुपर्छ : प्रभु साह
नेताको कुकर्मले गणतन्त्र बदनाम भयो : प्रभु साह
सरकारको दोहोरो चरित्रका कारण वीरगन्जको विकास ओझेलमा: प्रभु साह
संविधान संशोधन मात्र हैन खारेज गर्नुपर्छ: प्रभु साह
कांग्रेस र एमालेले दुवै दलले मतदातालाई धोका दिए : प्रभु साह
माग सम्बोधन गर्नुको साटो सरकारले उल्टै तर्साउन खोज्यो : प्रभु साह