काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा आवश्यक जनशक्ति थप गर्न बाटो खुलेको छ ।
मन्त्रिपरिषद् बैठकले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले पेस गरेको संगठन तथा व्यवस्थापन (ओएनएम) सर्वेक्षणका लागि पूर्वस्वीकृति दिएको मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी दिए । यही माघ १५ गतेको मन्त्रिपरिषद् बैठकले ओएनएम सर्वेक्षणका लागि स्वीकृति दिएको प्रवक्ता डा. बुढाथोकीले बताए ।
मन्त्री पौडेलले स्वास्थ्य सेवा विस्तार तथा प्रभावकारी बनाउन आवश्यक जनशक्ति थप गर्ने घोषणा गरेका थिए । उनले मन्त्रालय सम्हाले लगत्तै जनशक्ति थप गर्ने गृहकार्य थालेका थिए ।
गत पुष ११ गते मन्त्रालय र मातहतका निकायको संगठन संरचना तथा दरबन्दी पुनरावलोकन गर्न गठित संगठन तथा व्यवस्थापन सर्वेक्षण समितिको बैठकले पूर्व स्वीकृतिका लागि प्रक्रिया अघि बढाउन मन्त्रालयलाई अनुरोध गरेको थियो । अब मन्त्रिपरिषदबाट पूर्वस्वीकृति प्राप्त भएपछि मन्त्रालयले सर्वेक्षणको काम अघि बढाउने मन्त्रालयका प्रवक्ता डा. बुढाथोकीले जानकारी दिए ।
संघीयता कार्यान्वयनमा आएपछि २०७५ सालयता मन्त्रालयले यस्तो सर्वेक्षण गरेको थिएन । यसबीचमा जनसङ्ख्या चाप, सेवाको माग बढे पनि ओएनएम सर्वेक्षण नहुँदा कार्यसम्पादनमा कठिनाइ भइरहेको मन्त्रालयका अधिकारीहरूको गुनासो थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २० माघ २०८१, १८ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
स्वास्थ्य मन्त्रालयको काम एनएचआरसीको नयाँ भवनबाट हुने
पूर्णरुपमा क्षतिग्रस्त स्वास्थ्य मन्त्रालय अस्थायी व्यवस्थापनका लागि ठाउँ खोज्दै
प्रदर्शनकारीले स्वास्थ्य मन्त्रालयमा पनि लगाए आगो
अस्पतालमा रगत अभाव भए १११५ मा फोन गर्न स्वास्थ्य मन्त्रालयको आग्रह
आन्दोलनका घाइतेको उपचार निःशुल्क गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन
स्वास्थ्य मन्त्रालयको एक वर्ष : सीमित स्रोतमा उल्लेखनीय सफलता हासिल गरेको दाबी