कतै प्राविधिक समस्या आयो भने मात्र हो नत्र विद्युत आपूर्तिमा समस्या छैन : निर्देशक घिसिङ

सफल खबर संवाददाता

बुधबार, १४ कार्तिक २०७५, १७ : ३५
कतै प्राविधिक समस्या आयो भने मात्र हो नत्र विद्युत आपूर्तिमा समस्या छैन : निर्देशक घिसिङ

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले तिहारमा नेपाल भर लोडसेडिङ नहुने बताउनु भएको छ । बुधबार प्राधिकरणमा आयोजित कार्यक्रममा निर्देशक घिसिङले गत वर्षको भन्दा यस वर्ष पावर सप्लाई बढेकाले तिहारमा देशैभर लोडसेडिङ नहुने बताउनुभएको हो । यस पटक पिक आवरमा समेत  १२ सय ७० मेगावाट विद्युत आवश्यक पर्ने अनुमान गरिएको छ । प्राधिकरणले अनुमानित माग धेरै भए पनि धान्न सक्ने अवस्था रहेकाले लोडसेसिङ नहुने निर्देशक घिसिङले बताउनुभयो । 
उहाँले भन्नुभयो  ‘गत बर्षभन्दा धेरै सहज भएको छ । कतै प्राविधिक समस्या आयो भने मात्र हो नत्र विद्युत आपूर्तिमा समस्या छैन ।’ 
यस वर्ष कुलेखानीमा गत वर्षभन्दा धेरै पानी जम्मा भएकाले पनि लोडसेडिङमा समस्या नआउने उहाँको भनाइ थियो । यस्तै निर्देशक घिसिङले यस वर्ष जलबिद्युत सेयरको वर्ष भएको बताउनुभएको छ । यस वर्ष सर्वसाधरणकै लागतमा ७ सय ५६ मेटावाट बिद्युत आयोजना निमार्ण गरिदै छ । जसमा १ खर्व लगानी भएको छ । यसबाट जलबिुद्यतमा स्थानियरुपमा जलस्रोतमै लगानी उठाउन सकिन्छ भन्ने देखिएको उहाको भनाइ छ । यस वर्ष १८ सय मेटावाट निमार्ण प्रक्रियामा अगाडी बढेको  प्राधिकरणले जनाएको छ । अर्काे वर्ष थप ८ सय थपिदै छ । जसले गर्दा ३ वर्षमा सरकारले लिएको लक्ष्य बराबर बिद्युत उत्पादन गर्न सकिने प्रधिकरणले जनाएको छ । 

 

 

 

 

प्रतिक्रिया दिनुहोस