काठमाडौँ । राजधानी काठमाडौँमा दुई जनासहित देशका विभिन्न स्थानमा ४ जना मृत फेला परेको नेपाल प्रहरीले जानकारी दिएको छ ।
काठमाडौँ, दक्षिणकाली नगरपालिका-७ दक्षिणकाली मन्दिर क्षेत्र सुधार समितिको प्राङ्गणभित्र पर्ने फाकु कुलोमा सोही नगरपालिका-६ कोटाल टोल फर्पिङ बस्ने ३५ वर्षीय गणेश भन्ने रमेश घिमिरे शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
यसैगरी काठमाडौँ महानगरपालिका-१६ बालाजु बाईपासस्थित प्राइम बैंकको पार्किङमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी २५ वर्षीय पुरुष शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
कञ्चनपुर, भीमदत्त नगरपालिका-१८ मामा भान्जा चोक नजिक सडक छेउमा सोही नगरपालिका-१८ निमबुखेडा बस्ने ४२ वर्षीय अचुत राज कलौनी शनिबार मृत अवस्थामा फेला परेका छन् ।
बागलुङ, बागलुङ नगरपालिका-६ सल्यखर्क घर भई हाल बागलुङ नगरपालिका-२ लायन्स चोकस्थित टेलरमा काम गरी बस्ने ३३ वर्षीय शंकर नेपाली सोही ठाउँस्थित सडक छेउमा शनिबार मृत अवस्थामा फेला परेका छन् ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १९ माघ २०८१, १६ : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पाल्पामा एक महिला मृतावस्था फेला
यौन दुर्व्यवहारमा परेकी आनन्दी सदाय आफ्नै घरमा मृत भेटिइन्
बेपत्ता भारतीय युुवक कालीगण्डकीमा मृत फेला
पाँच दिनदेखि बेपत्ता युवक मृत फेला
प्रहरी हवल्दार मृत फेला
मृत भेटिए दक्षिण कोरियाली गायक