काठमाडौँ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले पूर्वराष्ट्रपति दलगत राजनीतिमा सक्रिय हुने नहुने कुरा व्यक्तिको चाहनाको विषय भएको बताएका छन्।
पूर्वराष्ट्रपति विद्या भण्डारी एमालेमा सक्रिय राजनीतिमा फर्किन गरेको तयारीप्रति विभिन्न टीकाटिप्पणी भइरहेको बेलामा थापाले पूर्वराष्ट्रपति राजनीतिमा आउन हुँदैन भन्नेले राजसंस्थाको पक्षमा उभिने हिम्मत गर्नुपर्ने बताए।
‘दलको टिकटबाट निर्वाचित दलको नेता राष्ट्रपतिको पदमा रहँदा वा पदबाट हटेपछि पनि दलभन्दा बाहिर हुँदैन’ उनले भनेका छन्, ‘पूर्वराष्ट्रपति राजनीतिमा आउन हुँदैन भन्नेले राजसंस्थाको पक्षमा उभिने हिम्मत गर्नुपर्छ।’
दलीय स्वार्थ भन्दामाथि उठेको राष्ट्रप्रमुख राजसंस्था मात्र हुने जिकिर गर्दै नेपालको भूराजनीतिक अवस्था र सामाजिक सांस्कृतिक परिवेशको सन्दर्भमा राजासहितको प्रजातन्त्र उपयुक्त हुने बताए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १७ माघ २०८१, १८ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बालेन सरकार प्रतिशोधको बाटोमा लाग्यो : कमल थापा
हार स्वीकार्दै कमल थापाले दिए रास्वपाका सस्मित पोखरेललाई बधाई
चुनावको बेला पूर्ण रूपमा यातायात बन्द गर्ने कुरा उपयुक्त होइन: कमल थापा
‘पुरानै घरमा रमाइलो अनुभूति गरिरहेको छु’ : कमल थापा
हेटौँडामा डोजर चलाएकोप्रति थापाको टिप्पणी- ‘कानुनी राज्यको नांगो उपहास’
मधेस प्रदेशको उदाहरण दिँदै कमल थापाले भने–प्रदेश संरचना तत्काल खारेज गरिनु पर्छ