काठमाडौँ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले पूर्वराष्ट्रपति दलगत राजनीतिमा सक्रिय हुने नहुने कुरा व्यक्तिको चाहनाको विषय भएको बताएका छन्।
पूर्वराष्ट्रपति विद्या भण्डारी एमालेमा सक्रिय राजनीतिमा फर्किन गरेको तयारीप्रति विभिन्न टीकाटिप्पणी भइरहेको बेलामा थापाले पूर्वराष्ट्रपति राजनीतिमा आउन हुँदैन भन्नेले राजसंस्थाको पक्षमा उभिने हिम्मत गर्नुपर्ने बताए।
‘दलको टिकटबाट निर्वाचित दलको नेता राष्ट्रपतिको पदमा रहँदा वा पदबाट हटेपछि पनि दलभन्दा बाहिर हुँदैन’ उनले भनेका छन्, ‘पूर्वराष्ट्रपति राजनीतिमा आउन हुँदैन भन्नेले राजसंस्थाको पक्षमा उभिने हिम्मत गर्नुपर्छ।’
दलीय स्वार्थ भन्दामाथि उठेको राष्ट्रप्रमुख राजसंस्था मात्र हुने जिकिर गर्दै नेपालको भूराजनीतिक अवस्था र सामाजिक सांस्कृतिक परिवेशको सन्दर्भमा राजासहितको प्रजातन्त्र उपयुक्त हुने बताए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १७ माघ २०८१, १८ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘यथास्थितिको चुनावले देशमा परिवर्तन आउँदैन’ : कमल थापा
अब एकताबद्ध हुन ढिला नगरौँ : कमल थापा
राजसंस्था र हिन्दुराष्ट्रलाई बिदेशीको इसारामा एम्बुसमा पारियो : कमल थापा
विपिनका बुवाआमालाई संयुक्त राष्ट्रसङ्घ लैजानु प्रत्युत्पादक हुन सक्छ : कमल थापा
बहुविवाहलाई प्रोत्साहित गर्ने गरी कानुन बनाउनु अनुचित : कमल थापा
मुलुक भ्रष्टाचारको आहालमा डुब्यो, अब राजसंस्था चाहिन्छ : कमल थापा