काठमाडौ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले पार्टीलाई मुलुकको राष्ट्रिय राजनीतिमा बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति बनाएरै छाड्ने संकल्प गरेका छन् ।
शहीद दिवसको अवसरमा बुधबार पार्टीले काठमाडौंमा आयोजना गरेको स्मृति दिवसमा बोल्दै अध्यक्ष थापाले राष्ट्रियता र प्रजातन्त्रको निमित्त जीवन उत्सर्ग गर्ने शहिदहरुप्रति श्रद्धा सुमन प्रकट प्रकट गरे ।
विचार र सिद्धान्त अङ्गिकार गरेको आधारमा धेरैले जीवन गुमाएको चर्चा गर्दै थापाले शहीदहरूको सपना पूरा गर्न आफूले आगामी दिनमा निश्काम कर्म गर्ने प्रतिबद्धता वयक्त गरे ।
देशलाई अहिले बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्तिको जरूरी भएको र व्यवस्था र अवस्था परिवर्तन गर्न आन्दोलन आवश्यक उनले बताए । त्यसको लागि विचार मिल्नेहरू सबै एकै ठाउँमा आउनुपर्नेमा उनले जोड दिए ।
'राजेश्वर देवकोटा,रविन्द्रनाथ शर्मा,पद्मसुन्दर लावती, हेमबहादुर मल्ल, चन्द्रबहादुर गुरुङ्ग,लोकबहादुर थापालगायतले गरेको योगदान पार्टी जीवनमा चिरस्मरणीय रहन्छ,' थापाले भने ।
राप्रपा नेपाललाई आगामी दिनमा विचार र सिद्धान्त केन्द्रित पार्टी बनाउने भन्दै थापाले हिन्दुराष्ट्र , राजसंस्था पुनर्स्थापना मात्र अब पार्टीको अभीष्ट हुने र आन्दोलन केन्द्रित हुने स्पष्ट पारे । 'अब हामी नै हिन्दुवादी, राजावादी, राष्ट्रवादीलाई समेटेर, गोलबन्द गर्दै आन्दोलनको वातावरण निर्माण गर्छौ,' उनले थपे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १७ माघ २०८१, ०९ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पत्रकार पाठकलाई पक्राउ पुर्जीप्रति कमल थापाको आपत्ति
'न्यायको नौसिङ हुन्छ भन्थे, हो रहेछ' : कमल थापा
राजावादी आन्दोलनमा प्रहरी हस्तक्षेप, राप्रपा नेपालका अध्यक्ष कमल थापा पक्राउ
राजावादीका लागि अनुकूल समय आयो : कमल थापा
जनताको शान्तिपूर्ण बलमा हिन्दु राष्ट्र र राजसंस्था पुनर्स्थापना गरेरै छाड्छौं : कमल थापा
हिन्दु राष्ट्र र राजसंस्था पुनर्स्थापना गर्ने अभियान नयाँ ढंगबाट बढ्ने छ: कमल थापा