काठमाडौँ । नेपाल प्रहरीमा केन्द्रीय अपराध अभिलेखालय स्थापना गर्न प्रस्ताव गरिएको छ । संसद्मा दर्ता भएको प्रहरी विधेयकमा अभिलेखालय स्थापना गर्न प्रस्ताव गरिएको हो ।नेपाल सरकार बादी भएका मुद्दासँग सम्बन्धित फौजदारी अपराधसँग सम्बन्धित फैसलाको अभिलेख केन्द्रीय अभिलेखालयमा रहनेछ ।
अनुसन्धान र अभियोजन गर्ने सबै निकायले कुनै पनि अपराध सम्बन्धी मुद्दामा अन्तिम फैसला भएपछि सो फैसलाको एकप्रति अभिलेखालयमा पठाउनुपर्ने छ । अभिलेखालय स्थापना गरेपछि अपराध नियन्त्रण र रोकथाम गर्न आवश्यक रणनीति तय गर्न सहज हुने विधेयकमा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १६ माघ २०८१, १४ : ३८
लेखकबाट थप