काठमाडौँ । सभामुख देवराज घिमिरे सहिद दिवसका अवसरमा सम्पूर्ण देशवासीलाई एकताको भावनासहित अघि बढ्न आह्वान गरेका छन् । सहिद दिवस २०८१ को अवसरमा आज उनले जारी गरेको शुभकामना सन्देशमा सहिदहरूले सिकाएको सहिष्णुता, एकता र दृढताको मार्गमा अघि बढ्दै उनीहरूको बलिदानलाई सम्मान गर्नु नै सच्चा श्रद्धाञ्जली हुने उल्लेख छ । “नेपालको दिगो विकास र समृद्धि मात्र सहिदहरूको सपना पूरा गर्ने माध्यम हो”, सन्देशमा भनिएको छ, “देशको समृद्धि हासिल गर्नका लागि हाम्रा योजना र स्रोतलाई सही ढंगले परिचालन गर्दै नेपालीको जीवनस्तर सुधार गर्नुपर्ने छ ।”
विभिन्न आन्दोलनको जगमा अहिले संघीयतासहितको लोकतान्त्रिक प्रणालीमा आइपुगेको उल्लेख गर्दै लोकतन्त्रका खातिर जीवन आहुति दिने सहिदको सपनालाई साकार पार्नु साझा दायित्व सन्देशमा छ । सन्देशमा भनिएको छ, “सहिदहरूले चाहेको न्यायपूर्ण समाज, समानता र समृद्धिका लागि हामीले आफ्नो कर्तव्य निर्वाह गर्नपर्दछ, निष्ठा, पारदर्शिता र इमानदारीका साथ काम गर्दै सहिदहरूले देखाएको मार्ग अनुसरण गर्नु आजको आवश्यकता हो ।”
सभामुख घिमिरेले मुलुकको स्वाधीनता, लोकतन्त्र, मानव अधिकार र समतामूलक समाजको परिकल्पनाका लागि विभिन्न ऐतिहासिक आन्दोलनमा सहिदहरूले ज्यानको आहुति दिएर देशलाई नयाँ मार्ग दर्शन दिएका र शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द, गंगलाल श्रेष्ठजस्ता अमर सहिदले दिएको बलिदानको जगमा हाम्रो देशमा राजनीतिक परिवर्तन सम्भव भएको बताएका छन् ।
सभामुख घिमिरेले ऐतिहासिक तथा लोकतान्त्रिक आन्दोलनहरूमा जीवन उत्सर्ग गर्नुहुने ज्ञात–अज्ञात महान् सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै सहिद दिवसले सबैलाई देश र जनताको सेवा गर्न थप प्रेरणा मिलोस् भन्ने कामना गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १६ माघ २०८१, १२ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कुलिङ पिरियड गडबडी छानबिन प्रतिवेदन कार्यान्वयनबारे दलहरूसँग छलफल गर्दै सभामुख
निजामती विधेयकमा भएको गडबडी छानबिन समितिका सदस्यहरूले गरे सभामुखसँग छलफल
विधेयकको अवस्थाबारे छलफल गर्न सभामुखले बोलाए समितिका सभापतिहरूसँगको बैठक
प्रमुख तीन दलका मुख्य सचेतकसँग छलफल गर्दै सभामुख
सभामुखले विपक्षीलाई भने: गृहमन्त्रीलाई बोल्न दिऔं, त्यसपछि छलफल गरौं
सभामुख घिमिरे र दलका सचेतक बिचको बैठक सुरु