काठमाडौं । सभामुख देवराज घिमिरे र संघीय निजामती सेवा विधेयकमा भएको त्रुटिको विषयमा छानबिन गर्न गठित विशेष समितिको टोलीबीच छलफल भइरहेको छ । सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा जारी छलफल समितिको कार्यविधि, कार्ययोजना लगायत विषयमा केन्द्रित रहेको एक सदस्यले बताए ।
राज्यव्यवस्था समितिबाट पास भएको विधेयक प्रतिवेदनमा दुई वर्षे कुलिङ पिरियडको व्यवस्था राखिएको तर प्रतिनिधिसभाबाट पास भएर आउँदा हेरफेर भई कुलिङ पिरियड निष्प्रभावी बनाएको खुलासा भएपछि सात सदस्यीय संसदीय विशेष समिति गठन भएको थियो ।
समितिमा नेपाली कांग्रेसबाट जीवन परियार र सुशीला थिङ, नेकपा एमालेबाट ईश्वरी घर्ती र नारायणप्रसाद आचार्य तथा माओवादी केन्द्रबाट माधव सापकोटा, रास्वपाबाट गणेश पराजुली र राप्रपाबाट रोशन कार्की छन् ।
संसद्को ठूलो दलको हिसाबले समितिको नेतृत्व कांग्रेसले दाबी गरे पनि दलहरूबीच सहमति हुन सकेको छैन । सभामुखसँगको भेटमा समितिको नेतृत्वको विषयमा पनि छलफल हुनसक्ने स्रोतले बतायो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २६ असार २०८२, १२ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
हर्क साम्पाङको प्रश्न- प्रधानमन्त्री आउनुहुन्न भने रक्षामन्त्री खोजेर ल्याइदिनुस्' ?
प्रधानमन्त्री आउनुहुन्न भने रक्षामन्त्री खोजेर ल्याइदिनुस्' : सभामुखसँग हर्क साम्पाङको माग
सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधारा चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन
विपक्षी दलमाथि सभामुखको असन्तुष्टि: छलफलका लागि बोलाउँदा आएनन्
सभामुख र प्रधानमन्त्रीबीच भेटवार्ता
फरक विषय बोल्न थाल्नुभयो भने समय नदिने अवस्था आउन सक्छ: सभामुख