काठमाडौँ। नवनियुक्त मन्त्रीहरूको शपथमा सभामुख देवराज घिमिरे पनि पुगेका हुन्।
यसअघि प्रधानमन्त्री र मन्त्रीको शपथमा नपुगेका सभामुख शीतल निवासमा आयोजित ४ मन्त्रीको शपथ समारोहमा पुगेका हुन्।
आज नवनियुक्त मन्त्री जगदीश खरेल, महावीर पुन, अनिल सिन्हा र मदन परियारले शपथ लिँदै छन्। शपथ समारोह अहिले जारी छ।
समारोहमा सभामुखसहित प्रधानमन्त्री सुशीला कार्की, राष्ट्रियसभाका अध्यक्ष नारायण दाहाल, प्रधान न्यायाधीश प्रकाशमान सिंह राउत, उपराष्ट्रपति रामसहाय प्रसाद यादवलगायत विशिष्ट व्यक्तिहरू सहभागी छन्। मन्त्रीहरूको शपथमा राजनीतिक दलका प्रतिनिधि र पूर्वप्रधानमन्त्रीहरु भने अनुपस्थित छन्।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०६ असोज २०८२, १५ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मधेशका सभामुख यादवद्वारा पदभार ग्रहण
मधेशको सभामुखमा जसपा नेपालका रामअशिष यादव निर्वाचित
मधेसमा सभामुखका लागि दुई जनाको उम्मेदवारी
रामआशिष यादवलाई मधेशको सभामुख बनाउने सहमति
सरकारले संसद् सचिवालयमाथि आर्थिक बन्देज लगाउने प्रयास गरिरहेको छ: सभामुख
जनउत्तरदायी संसदीय अभ्यासमा जुट्नुपर्छ: सभामुख घिमिरे