काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता सहयात्री दल नेपाली कांग्रेसबाट आफूले पूरा सहयोग प्राप्त गरिरहेको बताएका छन् । सोमबार भक्तपुरको सूर्यविनायक नगरपालिकाको प्रमुख प्रशासकीय भवन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले आफूले पनि काँग्रेस नेतृत्वको सरकारलाई सहयोग गर्ने बताए ।
‘अब १७–१८ महिनापछि शेरबहादुरजी प्रधानमन्त्री हुनुहुन्छ । उहाँले चलाउनुहुन्छ । मैले सहयोग गर्छु । नेकपा एमालेले पूराका पूरा सहयोग गर्छ । सफल बनाउँछौँ,’ प्रधानमन्त्री ओलीले भने, ‘अहिले मैले नेपाली कांग्रेसबाट साथ पाएको छु । कुनै रिजर्भेसनबिना पूराका पूरा साथ पाएको छु । भोलि नेपाली काँग्रेसले हामीबाट पूराका पूरा साथ पाउँछ ।’
प्रमुख दलहरू मिलेर सरकार चलाउँदा पनि मुलुकले विकासको बाटो लिन नसके अरु विकल्प नहुने जिकिर गरे ।‘अहिले पनि प्रमुख दलहरू मिलेर यस देशलाई विकासको बाटो दिन सकेनन् भने विकासको बाटो दिन सकेनन् भने यहाँ तेरो मेरो भन्ने छैन,’ प्रधानमन्त्री ओलीले भने, ‘७ सय ५३ वटा पालिका हामी विकास गरेर छाड्छौँ । कसैले पनि यो विकासको गतिलाई रोक्न चाहेर पनि सक्दैन । सबै पालिकामा विकास गर्छौँ ।’
उनले अघि थपे, ‘काँग्रेस र एमाले मिलेर सरकार बनाउने तैपनि विकास गर्न नसके विकल्प कहाँ रह्यो । त्यसपछि भयानक निराशा हुन्छ ।’

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १४ माघ २०८१, १६ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
'२०८२ अब इतिहास भयो' भन्दै ओलीले दिए नयाँ वर्षको शुभकामना
पूर्वप्रधानमन्त्री ओलीलाई हाजिरी जमानीमा परिवारको जिम्मा लगाइयो
बन्दी प्रत्यक्षीकरण मुद्दामा सुनुवाइ सम्पन्न, आजै निर्णय सार्वजनिक गर्ने तयारी
ओलीको रिस बादलमाथि पोखियो, एमालेभित्र नयाँ ध्रुवीकरणको संकेत
ओलीको बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीश पोखरेलको इजलासमा
पक्राउ परेका एमाले अध्यक्ष ओली अस्पताल भर्ना