काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा बस्नेछ ।
बैठकमा समसामयिक राजनीति र पार्टी गतिविधि, विभिन्न नियमावलीहरू (विभाग सञ्चालन नियमावली २०८१ संशोधन प्रस्ताव) र नयाँ नियमावलीहरू प्रस्तावमा छलफल गर्ने कार्यसूची रहेको छ ।
यस्तै, सातै प्रदेशमा विशेष भेटघाट कार्यक्रम (पदाधिकारीको नेतृत्वमा), स्वतन्त्र जनप्रतिनिधिहरूको रास्वपा आवद्धता हुने सम्बन्ध, संसद अधिवेशन तथा सल्लाहकार परिषद र केन्द्रीय सङ्गठन विभागमा मनोनयन लगायत विषयमा छलफल हुने रास्वपाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १४ माघ २०८१, ०७ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपाद्वारा बारामा जिल्ला तदर्थ समिति नबनाई स्थानीय अधिवेशनमा ध्यान केन्द्रित गर्ने निर्णय
रास्वपा बाराको बैठकमा विवाद: सांसदमाथि हातपातको प्रयास
रास्वपाबाट निष्कासित भएपछि स्वर्णकारले भने- ‘मेरो राजनीतिक हत्या भयो’
संसद् अवरोधपछि रास्वपाले गरायो संसदीय नियमावलीको दफा ५० स्मरण
बारामा नयाँ संगठन निर्माणका लागि रास्वपाले केन्द्रबाट खटायो प्रतिनिधि
रास्वपा सांसद कार्कीमाथी दुई थरी अनुसन्धानको तयारी