काठमाडौँ । नेपाली काँग्रेस सर्लाहीका सभापति सुरेन्द्रप्रसाद सिंहलाई बर्खास्तको माग गर्दै पार्टी केन्द्रीय कार्यालय सानेपामा नेता कार्यकर्ता धर्नामा बसेका छन् ।
सर्लाहीका नेता कार्यकर्ता काठमाडौँ आएर पार्टी कार्यालयमा आइतबार धर्ना दिइरहेका छन् । जिल्ला सभापति सिंह दोषी ठहर भएकाले हटाउन माग गरेका छन् । सिंह वन मुद्दामा भ्रष्टाचार ठहर भएका व्यक्ति हुन् ।
सर्वोच्च अदालतले दोषी ठहर गरेका व्यक्तिलाई पदमा राख्न नहुने माग सहित नेता कार्यकर्ता धर्नामा उत्रिएका हुन् । पूर्व जिल्ला सभापति लक्ष्मण राय र हालका जिल्ला उपसभापति नवीन अधिकारीको नेतृत्वमा सय बढी नेता कार्यकर्ताले धर्ना दिइरहेको तरुण दलको केन्द्रीय ललनकुमार यादवले जानकारी दिए ।
सिंहलाई सर्वोच्चले चार महिना १५ दिन कैद सजाय हुने आदेश दिए पनि उनी पदमा कायम छन् । भ्रष्टाचार मुद्दामा दोषी ठहर व्यक्तिलाई पार्टीबाट हटाउनुपर्ने ९र१० महिनाअघि देखि नै माग गरे पनि पदमुक्त नगरेकाले धर्नामा बस्नुपरेको तरुण दलका केन्द्रीय सदस्य यादवले बताए ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १३ माघ २०८१, १४ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मधेशका मुख्यमन्त्रीको समर्थनमा एमालेको धर्ना
मधेश प्रदेश सरकार गठनविरुद्ध धर्नामा बसे सांसदहरू
शिक्षक महासङ्घद्वारा रास्वपा पार्टी कार्यालयमा धर्ना
माओवादी मुख्यालयमा शिक्षकहरूको धर्ना, ध्यानाकर्षण पत्र बुझाउने तयारी
आम सञ्चार विधेयकको विरोधमा पत्रकारद्वारा धर्ना
वकिललाई कारवाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालय पत्रकारहरूको धर्ना