काठमाडौँ । प्रस्तावित विद्यालय शिक्षा विधेयक सच्याउन माग गर्दै नेपाल शिक्षक महासङ्घले राष्ट्रिय स्वतन्त्र पार्टीको पार्टी कार्यालयमा धर्ना दिएको छ । महासङ्घ र सरकारबिच विगतमा भएका सहमतिअनुसार शिक्षा विधेयक सच्याउन माग गर्दै महासङ्घ पहिलो चरणको आन्दोलनअन्तर्गत रास्वपा कार्यालयमा धर्नामा बसेको हो ।
संसदीय समितिबाट पारित भएर प्रतिनिधि सभामा पुगेको शिक्षा विधेयकमा महासङ्घका मागहरू सम्बोधन गर्न दबाब दिनको लागि आफूहरू आन्दोलनमा उत्रिएको महासङ्घका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले जानकारी दिए ।
सार्वजनिक शिक्षालाई उन्नत गराउनको लागि शिक्षक कर्मचारी र नेपाल शिक्षक महासङ्घले राखेका मागहरू सम्बोधन गर्नुको विकल्प नरहेको महासङ्घले बताएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १७ भदौ २०८२, ११ : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सरकारले सहमति कार्यान्वयनमा उदासीनता देखायो: शिक्षक महासङ्घ