विराटनगर । कोशी प्रदेश सरकारले ल्याएको ‘कोशी प्रदेश आमसञ्चार विधेयक’ को विरोधमा पत्रकारहरुले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय नजिक धर्ना दिएका छन् ।
सरकारले प्रेस स्वतन्त्रतामाति अंकुश लगाउने मनसायले विधेयक ल्याउन लागेको भन्दै नेपाल पत्रकार महासंघको नेतृत्वमा धर्ना दिइएको हो । धर्ना कार्यक्रममा पत्रकारहरुले ‘प्रदेश आमसञ्चार विधेयकमा रहेका प्रेस स्वतन्त्रता विरोधी प्रावधान खारेज गर’ भन्दै नारा लगाएका थिए ।
यस्तै, पत्रकार महासंघका जिल्ला शाखाहरूले पनि सम्बन्धित जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना दिएर विधेयकको विरोध जनाएका छन्। महासंघले शुक्रबार दिउँसो १ बजे विराटनगरस्थित देवकोटा चोकमा वृहत् धर्ना दिने माग सम्बोधन नभए थप आन्दोलन गर्ने जनाएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १२ भदौ २०८२, १३ : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मधेशका मुख्यमन्त्रीको समर्थनमा एमालेको धर्ना
मधेश प्रदेश सरकार गठनविरुद्ध धर्नामा बसे सांसदहरू
शिक्षक महासङ्घद्वारा रास्वपा पार्टी कार्यालयमा धर्ना
माओवादी मुख्यालयमा शिक्षकहरूको धर्ना, ध्यानाकर्षण पत्र बुझाउने तयारी
वकिललाई कारवाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालय पत्रकारहरूको धर्ना
राजावादीले सुरु गरे धर्ना