काठमाडौँ। मधेश प्रदेश सरकार गठनविरुद्ध ७ राजनीतिक दलका सांसदहरूले मधेश प्रदेश सभा भवन अगाडि धर्ना दिएका छन् ।
मधेश प्रदेशको मुख्यमन्त्री सरोजकुमार यादवको नियुक्ति प्रक्रियाविरुद्ध नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल, लगायतका सांसदहरूले धर्ना दिएका हुन् ।
सरकार गठनविरुद्ध एमालेबाहेकका दलहरूले आजै सर्वोच्च अदालतमा रिट समेत दर्ता गरेका छन् ।
७४ जना प्रदेश सांसदको हस्ताक्षरसहित दलहरूले सर्वोच्च अदालतमा रिट दर्ता गराएका हुन् । उक्त रिट निवेदनको पेसी बुधबारलाई तोकिएको छ ।
रिट लिएर नेपाली काँग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादव, जसपा नेपालका संसदीय दलका नेता सरोजकुमार यादव, माओवादी संसदीय दलका उपनेता युवराज भट्टराई, लोसपा संसदीय दलका नेता जयलुन राइन्सहितका नेताहरू सर्वोच्च अदालत पुगेका थिए । उनीहरूलाई रिट निवेदनमा सहयोग गर्न मधेश प्रदेशका पूर्वमुख्यन्यायाधिवक्ता दीपेन्द्र झासमेत पुगेका थिए ।
गत आइतबार दलहरुलाई छलेर संविधानको धारा १६८ को ३ बमोजिम प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले ठुलो दलको हैसियतले नेकपा एकाले संसदीय दलका नेता सरोजकुमार यादवलाई मुख्यमन्त्री नियुक्त गरेकी थिइन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २५ कार्तिक २०८२, १४ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मधेश प्रदेश सरकारद्वारा स्थानीय तहलाई दुई अर्ब बजेट