काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सचिवालय बैठक बोलाएको छ । सोमबारका लागि बैठक बोलाइएको कार्यबहाक प्रवक्ता प्रतिभा रावलले जानकारी दिइन् ।रावलका अनुसार बैठक सोमबार बिहान साढे ११ बजे पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा राखिएको छ ।
समसामयिक राजनीति र पार्टी गतिविधि, विभिन्न नियमावलीहरू र नयाँ नियमावलीहरु प्रस्तावका बारेमा छलफल गर्न रास्वपाले बैठक बोलाएको हो । बैठकमा संसदको हिउँदे अधिवेशन, सातै प्रदेशमा विशेष भेटघाट कार्यक्रम, स्वतन्त्र जनप्रतिनिधिहरूको रास्वपा आवद्धता हुने विषय, सल्लाहकार परिषद् र केन्द्रीय संगठन विभागमा मनोनयनको एजेन्डा पनि रहेको रावलको भनाइ छ ।
रास्वपाका सभापति रवि लामिछाने भने बैठकमा उपस्थित हुने नहुने अझै टुंगो लागिसकेको छैन । सहकारी ठगीको मुद्दामा रुपन्देही जिल्ला अदालतमा उनको थुनछेक बहस जारी छ । आज पनि उनी अदालतमा उपस्थित हुँदैछन् । आजै बहस सकेर रिहाइको आदेश भए उनी सोमबारको बैठकमा सहभागी हुनेछन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १३ माघ २०८१, १० : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
निर्वाचन आयोगबाट दलीय छाया हटोस्: रास्वपा
रास्वपाबाट बाहिरिए वरिष्ठ अधिवक्ता घिमिरे
तिहार लगत्तै देशभर सद्भाव यात्रा गर्दै रास्वपा
रास्वपाको सचिवालय बैठक बस्दै, यस्तो छ कार्यसूची
रास्वपाको सचिवालय बैठक बस्दै
रास्वपाले जेनजी आन्दोलनको एक महिनाको स्मृतिमा ‘श्रद्धा सुमन सभा’ गर्ने