काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सचिवालय बैठक बोलाएको छ । सोमबारका लागि बैठक बोलाइएको कार्यबहाक प्रवक्ता प्रतिभा रावलले जानकारी दिइन् ।रावलका अनुसार बैठक सोमबार बिहान साढे ११ बजे पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा राखिएको छ ।
समसामयिक राजनीति र पार्टी गतिविधि, विभिन्न नियमावलीहरू र नयाँ नियमावलीहरु प्रस्तावका बारेमा छलफल गर्न रास्वपाले बैठक बोलाएको हो । बैठकमा संसदको हिउँदे अधिवेशन, सातै प्रदेशमा विशेष भेटघाट कार्यक्रम, स्वतन्त्र जनप्रतिनिधिहरूको रास्वपा आवद्धता हुने विषय, सल्लाहकार परिषद् र केन्द्रीय संगठन विभागमा मनोनयनको एजेन्डा पनि रहेको रावलको भनाइ छ ।
रास्वपाका सभापति रवि लामिछाने भने बैठकमा उपस्थित हुने नहुने अझै टुंगो लागिसकेको छैन । सहकारी ठगीको मुद्दामा रुपन्देही जिल्ला अदालतमा उनको थुनछेक बहस जारी छ । आज पनि उनी अदालतमा उपस्थित हुँदैछन् । आजै बहस सकेर रिहाइको आदेश भए उनी सोमबारको बैठकमा सहभागी हुनेछन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १३ माघ २०८१, १० : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपाले समानुपातिक उम्मेदवारीको म्याद पुस ५ सम्म थप्यो
निर्वाचनलक्षित वाचा पत्र तयार गर्दै रास्वपा
रास्वपाद्वारा समानुपातिकतर्फ उम्मेदवार छनोट प्रक्रिया सुरु, आवेदन दिन आह्वान
रुपन्देही–३ बाहेक अन्यत्र उम्मेदवार चयन भएको छैन : रास्वपा
रास्वपा र विवेकशीलबीच आज एकता घोषणा हुँदै
रास्वपा र विवेकशीलबीच एकीकरणका लागि भोलि एकता घोषणा सभा हुँदै