काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पलाई बधाई दिएका छन्। उनले सोमबार राति ट्विटरमार्फत अमेरिकाको ४७औँ राष्ट्रपति पद सम्हालेकोमा ट्रम्पलाई सफल कार्यकालका लागि शुभकामना दिएका हुन् ।
उनले लेखेका छन्, ‘नेपाल र अमेरिकाबीच ७५ वर्षभन्दा लामो मैत्रीपूर्ण सम्बन्ध रहेको छ। हाम्रो साझेदारीलाई अझ सुदृढ बनाउन म प्रतीक्षारत छु।’ प्रधानमन्त्री ओलीले नेपाल र अमेरिकाबीच ७५ वर्षभन्दा लामो मैत्रीपूर्ण सम्बन्ध रहेको उल्लेख गर्दै दुई देशको साझेदारीलाई अझ सुदृढ बनाउन आफू तत्पर रहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०८ माघ २०८१, ११ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ओलीलाई गलाउन बादललाई ‘छेक्ने’ तयारीमा ओलीइतर समूह
लोकतान्त्रिक व्यवस्था र लोकप्रिय नाराबिचको भिन्नता समाजले बिस्तारै थाहा पाउनेछ : ओली
मदन भण्डारी मेरा नेता, साथी र सहयोद्धा हुनुहुन्थ्यो : केपी शर्मा ओली
पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई फिर्ता गरे गाडी
बुद्ध जयन्तीमा ओलीको सन्देश : करुणा, शान्ति र सहिष्णुताको मार्ग अपनाउन आह्वान
'२०८२ अब इतिहास भयो' भन्दै ओलीले दिए नयाँ वर्षको शुभकामना