तनहुँ । तनहुँमा आज बिहान मोटरसाइकल दुर्घटनामा ज्यान गुमाउने आमाछोरा भएको खुलेको छ।
मंगलबार बिहान पृथ्वीराजमार्गमा पर्ने व्यास नगरपालिका- १२ तल्लो छिर्कनमा (बेलभन्ज्याङ) मा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको थियो।
सुरुमा पहिचान नखुलेका मृतकको पछि सनाखत भएको जिल्ला प्रहरी कार्यालय तनहुँका डीएसपी अशोक थापाले जानकारी दिए। मृत्यु हुनेमा मोटरसाइकल चालक तनहुँकै ऋषिङ गाउँपालिका- ६ चालिसे घर भइ हाल व्यास नगरपालिका-५ पाटन बस्दै आएका १९ वर्षीय सन्दिप आले र मोटरसाइकलको पछाडि सवार उनकी आमा ४० वर्षीया मधुमाया आले छिन्।
दमौलीबाट डुम्रेतर्फ जॉदै गरेको गण्डकी प्रदेश०३-००१प०३१० नम्बरको मोटरसाइकल हुस्सु लागेको बेला तीव्र गतिमा चलाउँदा दुर्घटना भएको अनुमान प्रहरीले गरेको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०८ माघ २०८१, १० : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चितवनमा सवारी दुर्घटनामा एक जनाको मृत्यु, दुई घाइते
ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु, एक जना घाइते
गोरखामा माइक्रोबस दुर्घटनामा हुँदा १७ जना घाइते
लमजुङमा जिप दुर्घटना, दुईको मृत्यु
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना दुई जनाको मृत्यु, एक घाइते
राजस्थानमा सडक दुर्घटना, १५ जनाको मृत्यु