काठमाडौँ । आज तीन वटा संसदीय समितिको बैठक बस्दै छ । जसअन्तर्गत बिहान साढे १० बजे राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिको बैठक बस्दै छ ।
बैठकमा नेपालको संविधानको धारा ५३ बमोजिम सङ्घीय संसद्मा प्रस्तुत भएको नेपाल सरकारको वार्षिक प्रतिवेदन २०७९/०८० का सम्बन्धमा छलफल हुनेछ ।
आज दिउँसो २ बजे विधायन व्यवस्थापन समितिको बैठक बस्दै छ । बैठकमा तिलगंगा नेत्र विश्वविद्यालय विधेयक, २०८१ मा महान्यायाधिवक्तासँग छलफल हुनेछ ।
त्यस्तै बिहान साढे ११ बजे बस्ने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा त्रिभूवन विश्वविद्यालय ऐन, २०४९ को प्रत्यायोजित विधायन सम्बन्धमा छलफल हुनेछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०६ माघ २०८१, १० : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कृषिसहित पाँचवटा संसदीय समितिका बैठक बस्दै
आज पाँच वटा संसदीय समितिको बैठक बस्दै
तीनवटा संसदीय समितिको बैठक बस्दै, के छ कार्यसूची ?
आज पाँच संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
आज पाँच संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
चारवटा संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची