काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले स्नातक तहको भर्ना समय ११ माघसम्मलाई दिएको छ । भर्नाको समय सकिए पनि कतिपय विद्यार्थी भर्ना नभएको तर कक्षामा आउने गरेकाले भर्नाको समय थप गरिएको हो ।
समय थप गर्ने विषयमा रेक्टर कार्यालयले डीनहरूसँग छलफल गरेको थियो ।
शैक्षिक क्यालेन्डर प्रभावित नहुने गरी भर्नाको समय थप गर्न सुझाव आएपछि समय थप गरिएको बताइएको छ ।
आगामी १५ फागुनमा त्रिविमा स्ववियु चुनाव गर्ने तयारी छ । चुनावको लागि मात्र विद्यार्थी भर्ना हुने आशंकामा त्रिविले भर्ना बन्द गरेको थियो ।
तर विद्यार्थीहरूले निश्चित समय तोकेर मात्र भर्ना बन्द गर्नुपर्ने माग राखेका थिए । त्यसैले त्रिविले स्नातकको भर्नाको समय थप गरेको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०२ माघ २०८१, २० : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
यस्तो छ त्रिवि जग्गा खोजबिन समितिको प्रतिवेदन (पूर्णपाठ)
उत्तरपुस्तिका जलेपछि पुनः परीक्षा गर्ने त्रिविको निर्णय
त्रिविका ६ सय ५२ विद्यार्थीको उत्तर पुस्तिका जले
त्रिविद्वारा उपप्राध्यापक पदमा दरखास्त आह्वान
सल्टिएन त्रिविको समस्या : पदाधिकारी अझै कार्यकक्षबाहिरै
त्रिविद्वारा सरकारसँग सुरक्षा माग