काठमाडौं। संघीय संसद अन्तर्गत विभिन्न चारवटा समितिको बैठक बस्दैछ ।
आज अर्थ समिति, कानून, न्याय तथा मानव अधिकार समिति, विकास, आर्थिक मामिला तथा सुशासन समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्न लागेको हो । सबै समितिका बैठक बिहान ११ देखि १ बजेको बीचमा सिंहदरबारमा बस्नेछन् ।
अर्थ समितिको बैठकमा भन्सार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८० का सम्बन्धमा सरोकारवालासँग छलफल गर्ने कार्यसूची रहेको छ ।
यसैगरी, कानून, न्याय तथा मानवअधिकार समितिको बैठकमा सुदूरपश्चिम, मधेश र लुम्बिनी प्रदेशका विभिन्न जिल्लाहरुमा रहेका प्रहरी हिरासतको स्थलगत अनुगमन गर्न र संघीय संसदले बनाएका ऐन कानून कार्यान्वयनका चुनौतीका विषयमा अन्तरक्रिया कार्यक्रम गर्न गठित उपसमितिहरुको प्रतिवेदन पेस र छलफल गर्ने कार्यक्रम छ ।
विकास, आर्थिक मामिला तथा सुशासन समिति बैठकमा नेपालमा दिगो विकास लक्ष्य कार्यान्वयनको स्थिति अध्ययन तथा मूल्यांकन प्रतिवेदन, २०८० को सार्वजनिकीकरण र छलफल गर्ने कार्यसूची छ ।
यस्तै, विधायन व्यवस्थापन समितिको बैठकमा तिलगंगा नेत्र विश्वविद्यालय विधेयक, २०८१ माथि दफावार छलफल गर्ने तयारी छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०२ माघ २०८१, ०८ : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अन्तर्राष्ट्रिय सम्बन्धसहित पाँचवटा समितिको बैठक बस्दै
अर्थसहित पाँचवटा समितिको बैठक बस्दै
दुईवटा समितिको बैठक बस्ने बस्दै
महिला तथा सामाजिक मामिला समितिको बैठक बस्दै
कानूनसहित पाँचवटा समितिको बैठक बस्दै
शिक्षासहित चारवटा समितिको बैठक बस्दै