काठमाडौँ। नेपाल विद्यार्थी संघको विधान मस्यौदा समितिले परिमार्जित विधान बुझाएको छ । विधान संशोधन एवम् परिमार्जन गर्नका लागि ७ कात्तिकमा संघले केन्द्रीय सदस्य नगेन्द्रप्रसाद आचार्यको संयोजकत्वमा समिति बनाएको थियो ।
संशोधित विधानमा केन्द्रीय समितिको संख्या १३५ जनाको बनाइएको छ । २९ जना पदाधिकारी हुने व्यवस्था विधानमा राखिएको छ । पदाधिकारीमा कोषाध्यक्ष बाहेकका पदमा निर्वाचन हुनेछ ।
संघीय संरचना र समावेशिताका अनुसरण गरेको विधान मस्यौदा संशोधित विधान आइतबार बुझाएको संघका प्रवक्ता सुरज सेजुवालले जानकारी गराए । संघले बनाएको विधानलाई पार्टीले अनुमोदन गरेपछि लागु हुनेछ ।
विधान संशोधन र परिमार्जनका लागि आचार्यको नेतृत्वमा बनेको कार्यदलमा केन्द्रीय सदस्यहरू वेक लिम्बू, राजेश कुमार श्रेष्ठ, शुनिल शाही र मञ्जु विश्वकर्मा सदस्य थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २९ पुस २०८१, १२ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेविसंघले भन्यो : ‘सुकुम्वासी व्यवस्थापनमा दीर्घकालीन समाधान आवश्यक’
अस्तित्वमै नभएको विषयमा नीतिगत निर्णय अज्ञानताको पराकाष्ठा : नेविसंघ
बालेनले विद्यार्थी संगठन खारेज गर्न खोजे आगोको गोलामा हात हाले सरह हुनेछ: नेविसंघ
सञ्जीव खड्काले पाए नेविसंघ कार्यवाहक अध्यक्षको जिम्मेवारी
बालेन र सुदनमाथि कारवाही नगरे संघर्षमा उत्रिने नेविसंघको चेतावनी
त्रिवि सिनेट बालुवाटारमा बोलाइएपछि नेविसंघले जनायो आपत्ति