काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले पदाधिकारी बैठक बोलाएको छ । बैठक अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा दिउँसो २ बजे बस्ने सचिव देवेन्द्र पौडेलले जानकारी दिए ।
पौडेलका अनुसार पुस २१ देखि २३ सम्म बसेको केन्द्रीय समिति बैठकले गरेको निर्णय कार्यान्वयन लगायत विषयमा छलफल हुनेछ । केन्द्रीय समिति बैठकपछि पहिलो पटक पदाधिकारी बैठक बस्न लागिएको हो ।
आजको बैठकले केन्द्रीय समिति बैठकको निर्णयसहित परिपत्र जारी गर्न सक्ने नेताहरूले बताएका छन् । केन्द्रीय समिति बैठकले ६ महिनाभित्र जबस मोर्चाको अधिवेशन गर्ने, जनतासँग माओवादी अभियान चलाउने र एक वर्षमा पार्टीको राष्ट्रिय महाधिवेशनमा जाने निर्णय गरेको थियो ।
यस्तै बैठकले हुलाकी राजमार्ग, महेन्द्र राजमार्ग र मध्य पहाडी पुष्पलाल राजमार्ग केन्द्रित सञ्चालन गर्ने, विचार मिल्ने वामपन्थी दलहरूसँग एकताको निम्ति उच्चस्तरीय संवाद समिति गठन गर्ने, माघ १ गते सम्ममा सबै केन्द्रीय सदस्यहरूको कार्य विभाजन र जिम्मेवारी हेरफेर गर्ने निर्णय गरेको थियो ।
यसैगरी अवकाश प्राप्त विद्यार्थी नेताहरूलाई पार्टीको विभिन्न कमिटीहरूमा व्यवस्थापन गर्ने, पदाधिकारीदेखि सबै नेताहरूको सम्पत्ति विवरण पार्टीमा बुझाउने र पार्टीको लेखा आयोगले अनुगमन गर्ने निर्णय गरेको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २९ पुस २०८१, ११ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्रीको अभिव्यक्तिविरुद्ध माओवादीले देशभर मसाल जुलुस निकाल्ने
माओवादी उम्मेदवार हरिजनमाथि हातपात गर्ने थप तीन जना पक्राउ
रोल्पामा विप्लव नेतृत्वको माओवादीका ३५ कार्यकर्ता नेकपा प्रवेश
काठमाडौं–२ को अनुभव, चितवन–३ लाई सुझाव : ‘विश्वास दिनुअघि काम हेर्नुहोस्’
‘सरकारले देशभर एकै चरणमा निर्वाचन गरोस्' : संयोजक दाहाल
शुल्क नतिरेको बहानामा परीक्षा दिन नदिने कार्य अमानवीय — अखिल क्रान्तिकारी चितवन