महोत्तरी। महोत्तरीमा यसवर्ष धान उत्पादन बढेको छ । कृषि ज्ञान केन्द्र महोत्तरीका प्रमुख मनिष पालका अनुसार गत वर्षको तुलनामा यस वर्ष जिल्लामा ३७ हजार एक सय मेट्रिक टन धान बढी उत्पादन भएको हो । यस वर्ष कूल ४२ हजार पाँच सय हेक्टरमा गरिएको धानखेतीमा एक लाख ५९ हजार आठ सय मेट्रिक टन धान उत्पादन भएको हो।
जुन गतवर्षको तुलनामा ३० दशमलव दुई प्रतिशतले बढी हो । गतवर्ष ३९ हजार आठ सय ७० हेक्टरमा धानखेती गरिँदा एक लाख २२ हजार सात सय मेट्रिक टन धान उत्पादन भएको थियो ।
महोत्तरीमा यसवर्ष पर्याप्त वर्षा, उन्नत प्रजातिका बिऊ, समयमै मल खाद्य तथा कृषि प्राविधिकको साथ भएकाले धान उत्पादन बढेको प्रमुख पालले बताए । उनले मसिनो र सुगन्धित धान (बासमति, कारी कुमोद, तुलसी फूल) लगायतको धान उत्पादन, क्षेत्रफल र उत्पादकत्वमा भने ह्रास आएको बताए । उनका अनुसार यसवर्ष जिल्लामा केवल तीन हजार दुई सय ५० हेक्टरमा मसिनो धानखेती गरिएकोमा १० हजार ६२५ मेट्रिक टन धान उत्पादन भएको हो ।
केन्द्रका अनुसार जिल्लामा यसवर्ष मोटा धानको उत्पादकत्व प्रतिहेक्टर तीन दशमलव ७६ मेट्रिक टन छ भने मसिनो धानको उत्पादकत्व मात्र दुई दशमलव पाँच मेट्रिक टन छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २८ पुस २०८१, १४ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मनसुन प्रतिकूल : धान उत्पादन घट्ने चिन्ता
गहुँ र धानको बीउ उत्पादन गर्ने किसानलाई प्रोत्साहन रकम
मनसुन समय अगावै भित्रिदा धान रोपाइँ बढ्यो, कुन प्रदेशमा कति ?
सय हेक्टरमा धानको बीउ उत्पादन गर्दै सहकारी
चैते धान बिक्री नहुँदा किसान चिन्तित
धानखेतीको तालिका बदलिँदै, अब जेठमै पाक्छ धान