रौतहट । गत असोज १७ देखि १९ गतेसम्म आएको अविरल वर्षापछिको बाढीले रौतहटमा गत वर्षको तुलनामा यस वर्ष धान उत्पादन घटेको छ । भित्र्याउने बेलाको धान बालीमा वर्षाको बाढी पसेपछि रौतहटमा धानको उत्पादन घटेको हो ।
गत वर्षको तुलनामा यस वर्ष रौतहटमा कूल २१ हजार ५७८ मेट्रिकटन धान उत्पादन घटेको कृषि ज्ञान केन्द्रका निमित्त प्रमुख सुरेन्द्रप्रसाद कुर्मीले जानकारी दिए । उनका अनुसार गत वर्ष जिल्लामा एक लाख १६ हजार ७०८ मेट्रिकटन धान उत्पादन भएकोमा यस वर्ष ९५ हजार १३० मेट्रिकटन उत्पादन भएको छ ।
यस वर्ष जिल्लामा ३१ हजार ५०० हेक्टर क्षेत्रफलमा धानखेती गरिएको थियो भने प्रतिहेक्टर उत्पादन ३ दशमलव ०२ मेट्रिकटन रहेको निमित्त प्रमुख कुर्मीले जानकारी दिए ।
गत वर्ष रौतहटमा ३५ हजार आठ हेक्टर क्षेत्रफलमा धानखेती गरिएको थियो । प्रतिहेक्टर उत्पादन ३ दशमलव २६ रहेको थियो । गत वर्षको तुलनामा यस वर्ष प्रतिहेक्टर धान उत्पादन ० दशमलव २४ प्रतिशतले घटेको छ । यस वर्ष कूल २१ हजार ५७८ मेट्रिकटन धान उत्पादन घटेको निमित्त प्रमुख कुर्मीले बताए ।
समयमै वर्षा नहुँदा गत वर्षको तुलनामा यस वर्ष करिब चार हजार ३०० हेक्टर क्षेत्रफलमा कम धान रोपिएको कार्यालयले जनाएको छ । गत असोजमा आएको बाढीले १७ हजार ६३८ हेक्टर खेतमा लगाएको धानबालीमा क्षति गरेको थियो ।
बकैया र बागमती नदीले तटबन्ध बगाएपछि बाढी खेतमा पस्दा धान बालीमा क्षति गरेको हो । बाढीले सबैभन्दा बढी राजदेवी, परोहा, राजपुर, माधवनारायण, गढीमाई, इशनाथ, मौलापुर नगरपालिका र दुर्गाभगवती गाउँपालिकामा क्षति भएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २९ पुस २०८२, ०८ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
धानको उत्पादन घटेसँगै मूल्यमा पनि गिरावट
बागलुङमा धान उत्पादन बढ्यो
तनहुँमा धान उत्पादन बढ्यो
म्याग्दीमा धान उत्पादन बढ्यो
पाकेर थन्क्याउन लागिएको धानबालीमा वर्षाले क्षति गरेपछि कृषक चिन्तित
बाढीले पाँच करोडको धान नष्ट