एजेन्सी । नयाँ सिराबाट युद्धविराम गरिनुपर्ने दबाबबीच इजरायलले गाजामा फेरि आक्रमण तीब्र पारेको छ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले युद्धविराम वार्ता अघि बढाउन भनी कतारमा उच्चस्तरीय प्रतिनिधिमण्डल पठाएकै दिन सेनाले स्कुल र घरहरुमा आक्रमण गरेको बताइएको छ ।
उत्तरी गाजामा विस्थापित प्यालेस्टाइनीहरुको आश्रयस्थल रहेको स्कुलमा इजरायलले गरेको आक्रमणमा परी कम्तिमा पनि आठ जनाको मृत्यु भएको छ । शनिबार उत्तरी गाजाको जबालिया अल बलाद क्षेत्रमा जैनब अल वजीर स्कुलमा एक इजरायली आक्रमणमा दुई महिला र दुई बच्चासहित आठ नागरिक मारिएका हुन् ।
यसरी आक्रमण हुँदै गर्दा इजरायलले सम्भावित युद्धविरामको कुराकानीका लागि कयौँ बरिष्ठ अधिकारीलाई कतार पठाएको समेत बताइँदै छ । एक महिलाले भनेकी छन्, ‘इजरायलीहरुले विना कुनै पूर्व चेतावनी हामीलाई निशाना बनाए । उनीहरुले हामीमाथि क्षेप्यास्त्र हानेका छन् । हाम्रा बच्चाहरु ज्यूँदा वा मुर्दा कहाँ छन्, थाहा छैन ।’
प्यालेस्टाइनी समाचार एजेन्सी वफाले गाजाभर विभिन्न स्थानमा हमला भइरहेको सूचना दिएको छ । गाजाको छिमेकी शहर दाराजमा एक घरमा भएको आक्रमणमा चार जना प्यालेस्टाइनी मारिएका र कयौँ घाइते भएका बताइएको छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
आइतबार, २८ पुस २०८१, ०७ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मोरङबाट ८०२ किलो गाँजा बरामद
गाजाले युद्धविराम प्रस्ताव नमाने गम्भीर परिणाम भोग्न इजरायली चेतावनी
१०७४ किलो गाँजासहित चार जना पक्राउ
करिब १ सय २० किलो गाँजासहित दुई जना पक्राउ
गाजामा इजरायली आक्रमण : कम्तीमा ८१ जनाको मृत्यु, ४०० घाइते
गाजामा एकैदिन सातजना इजरायली सैनिक मारिए