काठमाडाैँ । पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष डा बाबुराम भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेबारे कास्की जिल्ला अदालतले सुनाएको आदेश विवेकपूर्ण भएको बताएका छन् ।
आज सामाजिक सञ्जालमार्फत उनले लामिछानेलाई धरौटीमा रिहा गर्ने आदेश विवेकपूर्ण भएको बताएका हुन् । बिहीबार कास्की जिल्ला अदालतले धरौटीमा रिहा गर्न आदेश दिएपछि ६५ लाख धरौटी बुझाएर लामिछाने रिहा भएका थिए ।
सूर्यदर्शन सहकारी ठगीको आरोपमा मुद्दा दायर भएपछि १० दिनसम्म चलेको थुनछेक बहसपछि लामिछानेसहितका ७ प्रतिवादीहरुलाई धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको हो ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २६ पुस २०८१, ०९ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बाबुराम, जनार्दन र सन्तोषलगायतले आज पार्टी एकता घोषणा गर्दै
यो सबै मिलेर आगो निभाउने र नयाँ घर बनाउने बेला हो: बाबुराम भट्टराई
बाबुराम, जनार्दन र डीपी अर्याल लगायतबिच छलफल
निर्वाचनमार्फत देशको नेतृत्व लिएर अघि बढ्ने तयारी गर्नु : जेनजीहरुलाई बाबुरामको सुझाव
नयाँ राजनीतिक विकल्प तयार गर्न बाबुरामको जोड
जेनजी विद्रोहको परिणाम के हुन्छ, अझै प्रस्ट भइसकेको छैन : बाबुराम भट्टराईले दिए यि चारबुँदे सुझाव