काठमाडाैँ । पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष डा बाबुराम भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेबारे कास्की जिल्ला अदालतले सुनाएको आदेश विवेकपूर्ण भएको बताएका छन् ।
आज सामाजिक सञ्जालमार्फत उनले लामिछानेलाई धरौटीमा रिहा गर्ने आदेश विवेकपूर्ण भएको बताएका हुन् । बिहीबार कास्की जिल्ला अदालतले धरौटीमा रिहा गर्न आदेश दिएपछि ६५ लाख धरौटी बुझाएर लामिछाने रिहा भएका थिए ।
सूर्यदर्शन सहकारी ठगीको आरोपमा मुद्दा दायर भएपछि १० दिनसम्म चलेको थुनछेक बहसपछि लामिछानेसहितका ७ प्रतिवादीहरुलाई धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको हो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २६ पुस २०८१, ०९ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बालेन्द शाहलाई बाबुराम भट्टराईले दिए यस्तो शुभकामना...
जेन-जी आन्दोलन भड्काउन टिओबी समूहले नियोजित भूमिका खेलेको देखिन्छ : बाबुराम भट्टराई
अब राजनीति ‘पुस्तान्तरण’ उल्टाउन सकिँदैन: बाबुराम भट्टराई
डा. बाबुराम भट्टराईलाई पितृशोक
बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी
चुनाव लड्दिनँ भनेका बाबुरामले फेरि किन रोजे गोरखा क्षेत्र नम्बर २ ?