काठमाडौँ । सूर्यदर्शन सहकारी ठगी प्रकरणमा मुछिएका रास्वपाका सभापति रवि लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश दिएपछि उनका समर्थकहरूमा खुसीयाली छाएको छ ।
बिहीबार कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासले रविलाई ६५ लाख धरौटीमा छाड्न आदेश दिएको हो । अदालतको आदेशपछि रविका समर्थकले खुसीयालीमा अदालत अगाडि नाराबाजी गरेका छन् ।
रास्वपाका समर्थकहरू जिल्ला अदालत बाहिर उत्साहित देखिएका छन् । सर्यदर्शन सहकारीका सबै आरोपितहरूसँग धरौटी माग गरिएको छ ।
यसैबीच रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले अदालतको आदेशले आफूहरूलाई आत्मविश्वास दिलाएको बताएका छन् । ‘गेमभन्दा बाहिरको रेफ्री आएर रेडकार्ड दिनुभएको थियो । उहाँले भिएआर प्रयोग गरेर होइन भन्नुभयो । किनारा लागिसकेको होइन । हामी जस्तो अभियोग थियो त्यस्तो होइन भनेर कन्फिडेन्ट भएका छौँ,’ उनले भने, ‘आफू प्रतिको आत्मविश्वास बढेको र न्यायालयप्रति विश्वास बढेको छ ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २५ पुस २०८१, १९ : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बोली र व्यवहारको पजनी : दल बदलिएका हुन् कि सत्ताको केवल कुर्सी ?
रास्वपाभित्र महाधिवेशनसम्म ‘मै चुप, तैं चुप’ !
रास्वपाद्वारा विधान परिमार्जनका लागि समिति गठन, महाधिवेशन तयारी तीव्र
रास्वपाले पार्टीको महाधिवेशन असार ७, ८ र ९ गते चितवनमा गर्ने
रास्वपा केन्द्रीय समिति बैठक बस्दै, दुई एजेण्डा तय
रास्वपाको दाबी : चुनावपछि वाचापत्र नफ्याँक्ने, प्रतिबद्धता पूरा गर्ने लक्ष्य