जनकपुर । मंगलबारदेखि मधेस प्रदेश सभाको चौथो अधिवेशन सुरु भएको छ । सभामुख रामचन्द्र मण्डलले बैठकमा प्रदेश प्रमुखको कार्यालयबाट आएको पत्र पढेर सुनाएका थिए ।
सभामुख मण्डलले प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीबाट मधेस प्रदेशको सवारी तथा यातायात विधेयक, प्रदेशको खेलकुद विकास सम्बन्धीको विधेयक र स्थानीय निकाय सम्बन्धीको विधेयक प्रमाणीकरण भएको बैठकलाई जानकारी गराए । यी तीन वटै विधेयक प्रमाणीकरण भएर लागु भइसकेको प्रदेश सभाको सचिवालयले जनाएको छ ।
यसैगरी प्रदेश सभाको सचिवमा बासुदेव प्रसाद कोइरालालाई नियुक्त गरिएको जानकारी पनि सभामुख मण्डलले गराएका छन् । बैठकमा प्रदेश सभा सदस्यहरूले आ–आफ्नो धारणा राखेका छन् । लामो समयपछि सदनको बैठक राखिएको भन्दै प्रदेश सभा सदस्यहरूले गुनासोसहितको शुभकामना सन्देश दिएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २३ पुस २०८१, १५ : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मधेस प्रदेशमा लम्पीस्किनको संक्रमणबाट १७०० पशु मरे
वर्षासँगै सुक्खा संकटग्रस्त मधेस प्रदेशमा धमाधम रोपाइँ
मधेस प्रदेशका पूर्वप्रमुख अहिराज पक्राउ
मधेस प्रदेश प्रमुखद्वारा दुई विधेयक प्रमाणीकरण
मधेस प्रदेशमा निर्जीवन बिमाबाट दुई अर्ब १५ करोड संकलन
मधेस प्रदेशमा सबैभन्दा बढी नयाँ कुष्ठरोगका बिरामीहरु