इस्लामावाद । बहुपक्षीय कर्जादाता निकाय विश्व बैंकबाट पाकिस्तानले ४० अर्ब डलर पाउने भएको छ । पाकिस्तानको शिक्षा, स्वास्थ्य र जलवायु उत्थानशीलता जस्ता महत्त्वपूर्ण चुनौती सम्बोधन गर्न १० वर्षे रणनीति अन्तर्गत विश्व बैंकले २० अर्ब डलर बराबरको कर्जा पारित गरेको हो ।
सन् २०२५ देखि सन् २०३५ बिचको अवधिमा हुने राजनीतिक अस्थिरताबाट परियोजनामा पर्ने असरबाट जोगाउन दीर्घकालीन विकासमा केन्द्रित हुने यो कदम चालिएको हो।
बैंकले अन्तर्राष्ट्रिय विकास संगठन (आईडीए)बाट छूटमा १४ अर्ब डलर बराबरको कर्जा दिनेछ । अरू ६ अर्ब डलर भने पुनर्निर्माण र विकासका लागि अन्तर्राष्ट्रिय बैंक (आईबीआरडी)मार्फत दिनेछ । तर यी कर्जा पाकिस्तानको वित्तीय प्रदर्शन र कर्जा सूचकांकमा भर पर्ने बताइएको छ ।
अन्य दुई लगानी एजेन्सीमार्फत बैंकले पाकिस्तानमा अर्को २० अर्ब डलर निजी लगानी पनि प्रवाह गर्दैछ । योसँगै पाकिस्तानले विश्व बैंकबाट कूल ४० अर्ब डलर पाउनेछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २१ पुस २०८१, १३ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपालको आर्थिक वृद्धिदर २.३ प्रतिशतमा सीमित रहने विश्व बैंककाे प्रक्षेपण
नेपालको आर्थिक वृद्धि दर २.३ प्रतिशतमा सीमित हुने विश्व बैंकको अनुमान
मन्त्री चौधरीसँग विश्व बैंकका देशीय निर्देशकको भेट
विश्व बैंकद्वारा वायु प्रदूषण घटाउने परियोजनाका लागि ७ अर्ब ७ करोड २० लाख वित्तीय सहयोग
साना तथा मझौला उद्यम विकासका लागि नौ करोड पचास लाख अमेरिकी डलर स्वीकृत
अर्थमन्त्रीको विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषका उच्च अधिकारीसँग भेटवार्ता