गाजा । इजरायलले फेरि गाजामा हवाई हमला गरेको छ । शनिबार राति गाजामा गरेको हवाई आक्रमणमा कम्तीमा २१ जनाको मृत्यु भएको छ । यस हवाई आक्रमणमा मारिनेमा कम्तीमा दुई बालबालिका पनि भएको बताइएको छ ।
अमेरिकी समाचार संस्था एपीमा छापिएको समाचारका अनुसार हमासले केही बन्धकहरूको भिडियो जारी गरेको थियो । त्यसपछि इजरायलमा ठुलो सङ्ख्यामा मानिसले र्याली निकाले । त्यसपछि इजरायलले यो हवाई हमला गरेको थियो । यो आक्रमणलाई भिडियोको प्रतिक्रियाका रूपमा हेरिएको छ ।
हमाससँग सम्बद्ध सिभिल डिफेन्सले जारी गरेको विज्ञप्तिमा हवाई हमलाले गाजा सहरको सराया कम्पाउण्ड पछाडिको आवासीय क्षेत्र ध्वस्त भएको छ । यस क्रममा कम्तीमा पाँच जनाको ज्यान गएको बताएको छ । यस बाहेक शनिबार साँझ इजरायली आक्रमणमा बुरेजमा तीन र मध्य गाजामा तीन जनाको मृत्यु भएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २१ पुस २०८१, १२ : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चितवनमा ९५.१६५ केजी गाँजासहित एक जना पक्राउ
गाजामा भएको इजरायली आक्रमणमा सात जनाको मृत्यु
१०९ किलो गाँजासहित भारतीय कार प्रहरीको नियन्त्रणमा
दुई सय केजी गाँजा बरामद
गाजामा भएको इजरायली आक्रमणमा कम्तीमा पाँचजनाको मृत्यु
पाँच सय किलो गाँजासहित दश जना पक्राउ