काठमाडौं। सिन्धुलीमा बाबुको कुटपिटबाट छोराको मृत्यु भएको छ । हरिहरपुरगढी गाउँपालिका–३, चपराडाँडाका ४९ वर्षीय लीलाबहादुर पुर्कोटी सार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
शनिबार (हिजो) बेलुका करिब साढे ८ बजे लीलाबहादुरका बुवा ७६ वर्षीय डोमानसिंह कार्कीले उनीमाथि फलामको गलले प्रहार गरेका थिए । घरायसी विवादका क्रममा डोमानसिंहले गलले टाउको र ढाडमा प्रहार गर्दा लीलाबहादुर गम्भीर घाइते भएका थिए ।
घाइते लीलाबहादुरलाई उपचारका निम्ति मकवानपुरको हेटौँडा अस्पतालमा पठाइएको थियो । उपचारका क्रममा शनिबारै राति साढे १० बजे उनको मृत्यु भएको वाग्मती प्रदेश प्रहरी कार्यालयले जानकारी गराएको छ । कुटपिट गर्ने डोमानसिंहलाई गल र कोदालोसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २१ पुस २०८१, १२ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जमेको खाल्डोमा डुबेर तीन वर्षीय बालकको मृत्यु
जिप र अटो ठोक्किँदा एक जनाको मृत्यु
भीरबाट लडेर एक वृद्धाको मृत्यु
सिकार खेल्ने क्रममा मकवानपुरमा एकको मृत्यु
माथिबाट खसेको ढुंगाले लागेर स्काभेटर सहचालकको मृत्यु
गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु