काठमाडौं। सिन्धुलीमा बाबुको कुटपिटबाट छोराको मृत्यु भएको छ । हरिहरपुरगढी गाउँपालिका–३, चपराडाँडाका ४९ वर्षीय लीलाबहादुर पुर्कोटी सार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
शनिबार (हिजो) बेलुका करिब साढे ८ बजे लीलाबहादुरका बुवा ७६ वर्षीय डोमानसिंह कार्कीले उनीमाथि फलामको गलले प्रहार गरेका थिए । घरायसी विवादका क्रममा डोमानसिंहले गलले टाउको र ढाडमा प्रहार गर्दा लीलाबहादुर गम्भीर घाइते भएका थिए ।
घाइते लीलाबहादुरलाई उपचारका निम्ति मकवानपुरको हेटौँडा अस्पतालमा पठाइएको थियो । उपचारका क्रममा शनिबारै राति साढे १० बजे उनको मृत्यु भएको वाग्मती प्रदेश प्रहरी कार्यालयले जानकारी गराएको छ । कुटपिट गर्ने डोमानसिंहलाई गल र कोदालोसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २१ पुस २०८१, १२ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु
चाडमा सुडानी ड्रोन आक्रमण, १७ जनाको मृत्यु
ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु
स्थानीयबीच कुटाकुट हुँदा एक जनाको मृत्यु
बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
जुम्लाबाट हवाई उद्धार गरिएकी सुत्केरी महिलाको उपचारका क्रममा मृत्यु