काठमाडौं। नेपाली कांग्रेसका विभागहरुले कार्ययोजना प्रस्तुत गर्नुपर्ने भएको छ। फागुन मसान्तभित्र कार्ययोजना पेश गर्न पार्टीले विभाग प्रमुखहरुलाई निर्देशन दिएको छ ।
सबै विभागलाई कार्ययोजना ल्याउन भनिएको महामन्त्री विश्वप्रकाश शर्माले जानकारी गराए ।विभागले गरिरहेका काम, गर्नुपर्ने कार्य, समस्या लगायतमा प्रमुखहरुसँग छलफल निरन्तर रहेको महामन्त्री शर्माले जानकारी गराए ।गत बुधबार शर्माले १६ वटा विभागका प्रमुखहरुसँग छलफल गरेका थिए ।
विधानमा ४८ विभागको व्यवस्था गरिएको छ भने पार्टीमा भएको सहमति अनुसार संख्या बढाउने निर्णय भएको छ ।कांग्रेसका ५६ वटा विभाग बनेका छन् । अधिकांशको विभाग प्रमुख तोकिएको छ भने केहीले सदस्य पनि थपेका छन् ।
प्रत्येक विभागमा प्रमुख सहित बढीमा ५१ सदस्यीय बनाउन सकिने विधानको व्यवस्था छ ।विभागका सदस्य मनोनित गर्दा हाललाई १० जनाभन्दा बढी नराख्न पार्टीको निर्देशन छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १९ पुस २०८१, १४ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपाली कांग्रेसले गर्यो संसदीय दलको नेता चयन प्रक्रिया स्थगित
संघीयताको सबैभन्दा ठूलो समस्या प्रदेश होइन, संघ होः गगन थापा
कांग्रेसमा शुद्धीकरण, आत्मसमीक्षा र आत्मविश्वास आवश्यक छ : महामन्त्री थापा
कांग्रेस मधेस प्रदेशले वीरगन्जमा दुई दिन प्रशिक्षण कार्यक्रम गर्ने
संसद्को गतिरोधबारे कांग्रेस-रास्वपा छलफल
संविधानको घेरा गैरसंवैधानिक तरिकाबाट तोड्न खोज्नु अनुचित : नेपाली कांग्रेस