काठमाडौँ । गृहमन्त्री रमेश लेखकले संविधानलाई कार्यान्वयन गर्दै संघीय लोकतन्त्रलाई सुदृढ बनाउन वर्तमान सरकारले आफ्नो ध्यान केन्द्रित गरेको बताएका छन्।
चन्द्रागिरि नगरपालिकाले आजदेखि कार्यान्वयनमा ल्याएको जिपिएस/जिआइएस प्रणालीमा आधारित ‘डिजिटल’ घर नम्बर जडान तथा सडक चोकको नामकरणको आज यहाँ शुभारम्भ गर्दै उनले सुशासन मार्फत नै आर्थिक समृद्धि हाँसिल गर्न सकिन्छ भने ।
गृहमन्त्री लेखकले भने“ चन्द्रागिरि नगरपालिकाले आजदेखि कार्यान्वयनमा ल्याएको जिपिएस/जिआइएस प्रणालीमा आधारित ‘डिजिटल’ घर नम्बर जडान तथा सडक चोकको नामकरणलाई अन्य पालिकाले पनि सिक्नुपर्ने र कार्यान्वयनमा ल्याउनुपर्ने काम हो । यसका लागि संघीय सरकारले सहयोग गर्नेछ । ”
चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले नगरपालिकाका सम्पूर्ण सेवालाई ‘डिजिटाइज’ गर्दै स्मार्ट सिटी बनाउने आफ्नो लक्ष्य रहेको जानकारी दिँदै यस कार्यलाई जिपिएस/जिआइएस प्रणालीमा आधारित ‘डिजिटल’ घर नम्बर जडान तथा सडक चोकको नामकरणले सहयोग पुग्ने विश्वास व्यक्त गरे । प्रमुख प्रशासकीय अधिकृत हेमराज अर्यालले डिजिटल घर नम्बर तथा सडक चोकको नामकरण सहितको प्लेट जडान गर्नु एउटा कामको सुरुआत मात्र हो, वास्तविक कार्य अब सुरुआत हुने छ भने । उनले भने “यसैका आधारमा नगरपालिकाका सबै सेवालाई क्रमशः एकीकृत गरी सेवा प्रवाह हुने प्रयास गरिने छ । ”
कार्यक्रममा सांसदद्वय राजेन्द्रकुमार केसी र कृष्णगोपाल श्रेष्ठले चन्द्रागिरि नगरपालिकाका सम्पूर्ण सेवालाई ‘डिजिटाइज’ गर्दै ‘स्मार्ट सिटी’ बनाउने लक्ष्यलाई जिपिएस/जिआइएस प्रणालीले सहयोग पुग्ने विश्वास व्यक्त गरे । चन्द्रागिरि नगरपालिकाका उपप्रमुख वसन्ती श्रेष्ठ, प्रवक्ता कृष्णप्रसाद खड्गी चन्द्रागिरि-१५ का वडाध्यक्ष घनश्याम लुइँटेलले चन्द्रागिरिलाई ‘स्मार्ट सिटी’मा रूपान्तरण गर्ने कार्यमा साथ र सहयोग पुर्याउन नगरवासीसँग आग्रह गरे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १८ पुस २०८१, १२ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सशस्त्र र नेपाल प्रहरीलाई समयानुकूल बनाउने प्रयासमा सरकार : गृहमन्त्री लेखक
कानून र नीतिगत सुधारलाई प्राथमिकता दिएर काम गरेका छौं : गृहमन्त्री लेखक
गृहमन्त्रीलाई कारवाही माग गर्दै काँग्रेस कार्यालयमा दलित अधिकारकर्मीले गरे प्रदर्शन
पाथीभरा केबलकार विवादबारे कांग्रेस कोशीका १४ जिल्ला सभापतिसँग गृहमन्त्रीको छलफल
गृहमन्त्रीको राजीनामा माग्दै काठमाडौँमा प्रदर्शन
सरकार दिगो शान्ति, सुशासन र आर्थिक समृद्धिको यात्रामा प्रतिबद्ध छः गृहमन्त्री लेखक