काठमाडौँ । सर्लाहीमा गाडीले ठक्कर दिँदा एकजना सशस्त्र प्रहरी निरीक्षकको मृत्यु भएको छ ।
यात्रुबहाक बस पल्टिँदा ड्युटीमा रहेका सशस्त्र प्रहरी निरीक्षक विजय कुमार तुलाधरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख उपनिरीक्षक रबिन्द्र बहादुर सिंहले प्रशासनलाई जानकारी दिए ।
गए राति ९ बजे बलरा नगरपालिका-९ स्थित बीओपी छतौनाबाट काठमाडौँतर्फ आउँदै गरेको बा ०१-००६ ख २००४ नम्बरको राजदेवी बस अनियन्त्रित भई पल्टिएर इन्सपेक्टर तुलाधरमाको मृत्यु भएको हो ।
बसले किचेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा लगिएकोमा चिकित्सकले राति पौने १० बजे मृत घोषणा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १७ पुस २०८१, ११ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु
चाडमा सुडानी ड्रोन आक्रमण, १७ जनाको मृत्यु
ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु
स्थानीयबीच कुटाकुट हुँदा एक जनाको मृत्यु
बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
जुम्लाबाट हवाई उद्धार गरिएकी सुत्केरी महिलाको उपचारका क्रममा मृत्यु