काठमाडौँ । नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले नेकपा माओवादी केन्द्रसँगको एकता गर्ने निर्णय कायमै रहेको बताएका छन् । पार्टीले मंगलबार राजधानीमा गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले एकताबाट भागेको हल्ला सही नभएको स्पष्ट बताएका हुन् ।
‘माओवादीसँगको एकता नेकपाले बन्द गरेको हल्ला छ, त्यो सत्य होइन । माओवादीसहित सबै क्रान्तिकारी पार्टीबिच गम्भीर बहस होस् भनेर ध्रुवीकरणलाई ध्यान दिएको हो । माओवादीसँगको एकता कायमै छ’, उनले भने ।
उनले नेपाली कम्युनिस्ट आन्दोलनमा देखिएका राजनीतिक गोल चक्करलाई अन्त्य गर्न नयाँ विश्लेषण गर्न आवश्यक रहेको बताए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १६ पुस २०८१, १४ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चुनावलाई संघर्षको मोर्चाका प्रयोग गर्दा जनताले सकारात्मक सद्भाव राखेको पाइयो : विप्लव
रोल्पाबाट विप्लवले गरे मतदान
पूर्वराजा ज्ञानेन्द्रसँग सहकार्य गर्न विप्लव तयार
रोल्पामा विप्लव नेतृत्वको माओवादीका ३५ कार्यकर्ता नेकपा प्रवेश
प्रचण्डलाई विप्लवको जवाफ–चुनावी सहकार्य गर्न तयार नहुने पार्टी एकताको चर्चा गर्ने ?
‘विप्लव’ नेतृत्वको नेकपा माओवादीलाई एकता प्रक्रियामा आउन ‘प्रचण्ड’ आग्रह