काठमाडौँ । नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले नेकपा माओवादी केन्द्रसँगको एकता गर्ने निर्णय कायमै रहेको बताएका छन् । पार्टीले मंगलबार राजधानीमा गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले एकताबाट भागेको हल्ला सही नभएको स्पष्ट बताएका हुन् ।
‘माओवादीसँगको एकता नेकपाले बन्द गरेको हल्ला छ, त्यो सत्य होइन । माओवादीसहित सबै क्रान्तिकारी पार्टीबिच गम्भीर बहस होस् भनेर ध्रुवीकरणलाई ध्यान दिएको हो । माओवादीसँगको एकता कायमै छ’, उनले भने ।
उनले नेपाली कम्युनिस्ट आन्दोलनमा देखिएका राजनीतिक गोल चक्करलाई अन्त्य गर्न नयाँ विश्लेषण गर्न आवश्यक रहेको बताए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १६ पुस २०८१, १४ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विप्लव नेतृत्वको नेकपाले छाड्यो समाजवादी मोर्चा
विप्लव, जनार्दन र घनश्याम बीच भेटवार्ता
जनयुद्धजस्तै जेनजी विद्रोहपनि तुहिने खतरा छ : विप्लव
विप्लव नेतृत्वको कम्युनिस्ट पार्टी नेपालले आज काठमाडौँमा जनप्रदर्शन गर्ने
एकताको नाममा पार्टी खप्टिने र उप्किने पुरानो तरिका अब निकै थोत्रो भइसक्यो : विप्लव
दल दर्ताका लागि विप्लव नेतृत्वको नेकपाले दियो निर्वाचन आयोगमा निवेदन