काठमाडौँ । राप्रपा नेपालको केन्द्रीय कार्य समितिको बैठक बोलाएको छ । आगामी पुस १९ र २० गते काठमाडौँमा बस्नेगरी बैठक बोलाइएको नेता राजाराम बर्तौलाले जानकारी दिए ।
उनका अनुसार बैठकमा पार्टी अध्यक्ष कमल थापाले मुलुकको समसामयिक परिस्थिति र पार्टीको भावी कार्यदिशा र कार्यक्रमबारे कार्यपत्र प्रस्तुत गर्ने कार्यसूची रहेको छ यस्तै पार्टीका पदाधिकारीबाट संगठन , प्रशिक्षण , महाधिवेशन, आन्दोलन र आर्थिक विषयमा प्रतिवेदन पेस हुने छ। बैठकमा अहिले मुलुकमा कायम बेथितिका साथै हिन्दुवादी र राजावादीहरू एक भएर आन्दोलनमा जानुपर्ने विषयमा पनि गम्भीर छलफल हुने बताइएको छ ।
यस्तै स्थानीय तहहरूको अधिवेशन, भ्रातृ सङ्गठनहरूको क्रियाशीलताका बारेमा पनि बैठकमा छलफल हुनेछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १६ पुस २०८१, १० : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राप्रपा नेपालले बोलायो कार्यसम्पादन समिति बैठक
राप्रपा नेपालले २६ चैतमा काठमाडौँमा जनप्रदर्शन गर्ने
आगामी मंसिरमा महाधिवेशन गर्ने राप्रपा नेपालको निर्णय
राप्रपा नेपालको केन्द्रीय समिति बैठक आज पनि बस्ने
राप्रपा नेपालको केन्द्रीय समिति बैठक आज
राप्रपाको केन्द्रीय समिति बैठक भोलि बस्दै