काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ झापा पुगेर कोच संस्कृति अनुसार केराको पातमा मासुभात खाएका छन् । झापाको गौरीगञ्जमा सोमबार आयोजित खबरदारी सभालाई सम्बोधन गर्न पुगेका प्रचण्डले कार्यकर्ताको घरमा खाना खाने क्रममा केराको पातमा खाएका हुन् ।
गौरीगञ्ज–१ का माओवादी कार्यकर्ता समेत रहेका तिलक राजवंशीको घरमा प्रचण्डसहितका नेताहरूले भात खाएका हुन्।
उनीहरूलाई राजवंशी (कोच) संस्कृति अनुसार सम्मान गरिएको थियो । उसिना चामलको भात, कोचहरूको भाषामा भनिने पेलका साग, आलु गोभीको तरकारी, रैथाने माछा, लोकल हाँस, टमाटरको अचार, धनियाँको चटनी र पापडलाई केराको पातमा दिइएको राजवंशीले बताए । परम्परा अनुसार केराको एउटा पातलाई सुल्टो र अर्कोलाई उल्टो बनाएर राख्ने गरिन्छ ।
आफूले प्रचण्डलाई कोच संस्कृति अनुसारको खाना खुवाउन पाउँदा खुशी लागेको राजवंशीले बताए । राजवंशीका अनुसार प्रचण्डले कोच जातिहरूको लागि लडिरहेको बताएका थिए । कोच जातिको घरमा भात खान पाउँदा खुसी लागेको समेत प्रतिक्रिया दिएका थिए ।
प्रचण्डको टोलीमा उनकी स्वकीय सचिव समेत रहेकी कान्छी छोरी गंगा दाहाल, गंगाका श्रीमान जीवन आचार्य, कोशी प्रदेशका इन्चार्ज हरिबोल गजुरेल, सहइन्चार्ज सावित्रीकुमार काफ्ले, माओवादी संसदीय दलका कोशी प्रदेश नेता ईन्द्रबहादुर आङ्बो, माओवादी प्रदेश अध्यक्ष हर्कबहादुर नेम्वाङ लगायतका नेताहरू सहभागी थिए ।
सात वर्ष पहिले झापाकै विवादस्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईंको भक्तपुरस्थित घरमा पुगेर प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीले चरेसको थालमा मार्सी चामलको भात खाएपछि ‘चर्चा’ भएको थियो । जुन घटना दुई पार्टीको एकता प्रक्रिया प्रारम्भ भएका बेलाको थियो ।सोमबार प्रचण्डले प्रसाईं र ओलीको गृहजिल्ला पुगेर कोच संस्कृति अनुसार केराको भातमा खाना आएका हुन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १५ पुस २०८१, १४ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
"राजनीतिक परिवर्तनका उद्देश्यहरू पूर्ण रूपमा हासिल हुन बाँकी छ: प्रचण्ड
श्रम अधिकारहरूको संरक्षण र कार्यान्वयनमा सरकार जिम्मेवार बनोस् : प्रचण्ड
थबाङ जिप दुर्घटना प्रति प्रचण्डद्वारा गहिरो दुःख व्यक्त, मृतकका परिवारलाई राहत दिन सरकारसँग माग
सरकारले लोकतन्त्रको खिलाफमा कदम चाल्यो, अब शीतल निवासलाई हेर्न बाँकी छ: प्रचण्ड
‘महाधिवेशनमार्फत नेतृत्व हस्तान्तरण र पुनर्गठन गर्छौँ’ : ‘प्रचण्ड’
‘विभेद रहँदासम्म कम्युनिष्ट पार्टीको औचित्य रहिरहनेछ’- ‘प्रचण्ड’