काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ झापा पुगेर कोच संस्कृति अनुसार केराको पातमा मासुभात खाएका छन् । झापाको गौरीगञ्जमा सोमबार आयोजित खबरदारी सभालाई सम्बोधन गर्न पुगेका प्रचण्डले कार्यकर्ताको घरमा खाना खाने क्रममा केराको पातमा खाएका हुन् ।
गौरीगञ्ज–१ का माओवादी कार्यकर्ता समेत रहेका तिलक राजवंशीको घरमा प्रचण्डसहितका नेताहरूले भात खाएका हुन्।
उनीहरूलाई राजवंशी (कोच) संस्कृति अनुसार सम्मान गरिएको थियो । उसिना चामलको भात, कोचहरूको भाषामा भनिने पेलका साग, आलु गोभीको तरकारी, रैथाने माछा, लोकल हाँस, टमाटरको अचार, धनियाँको चटनी र पापडलाई केराको पातमा दिइएको राजवंशीले बताए । परम्परा अनुसार केराको एउटा पातलाई सुल्टो र अर्कोलाई उल्टो बनाएर राख्ने गरिन्छ ।
आफूले प्रचण्डलाई कोच संस्कृति अनुसारको खाना खुवाउन पाउँदा खुशी लागेको राजवंशीले बताए । राजवंशीका अनुसार प्रचण्डले कोच जातिहरूको लागि लडिरहेको बताएका थिए । कोच जातिको घरमा भात खान पाउँदा खुसी लागेको समेत प्रतिक्रिया दिएका थिए ।
प्रचण्डको टोलीमा उनकी स्वकीय सचिव समेत रहेकी कान्छी छोरी गंगा दाहाल, गंगाका श्रीमान जीवन आचार्य, कोशी प्रदेशका इन्चार्ज हरिबोल गजुरेल, सहइन्चार्ज सावित्रीकुमार काफ्ले, माओवादी संसदीय दलका कोशी प्रदेश नेता ईन्द्रबहादुर आङ्बो, माओवादी प्रदेश अध्यक्ष हर्कबहादुर नेम्वाङ लगायतका नेताहरू सहभागी थिए ।
सात वर्ष पहिले झापाकै विवादस्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईंको भक्तपुरस्थित घरमा पुगेर प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीले चरेसको थालमा मार्सी चामलको भात खाएपछि ‘चर्चा’ भएको थियो । जुन घटना दुई पार्टीको एकता प्रक्रिया प्रारम्भ भएका बेलाको थियो ।सोमबार प्रचण्डले प्रसाईं र ओलीको गृहजिल्ला पुगेर कोच संस्कृति अनुसार केराको भातमा खाना आएका हुन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १५ पुस २०८१, १४ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पार्टी कार्यालय अवलोकनपछि प्रचण्डले भने– नयाँ र भव्य पार्टी कार्यालय बनाइने छ
क्षतिग्रस्त पार्टी कार्यालय हेर्न पेरिसडाँडा पुगे प्रचण्ड
पार्टी काममा फर्किए प्रचण्ड, आज पार्टी कार्यालयको निरीक्षण गर्ने
प्रचण्डको सुझाव : 'संविधान र संसदीय प्रक्रियाबाट निकास खोजौ'
जेनजी आन्दोलन विस्फोटक बन्नु सरकारको कुशासन र दमनको परिणाम : प्रचण्ड
चितवनमा प्रचण्डको घर जलाइयो