चितवन । नारायणगढ-मुग्लिन सडकखण्ड अन्तर्गत सिमलताल नजिकै बस दुर्घटना हुँदा ६ जना घाइते भएका छन् ।
बुटवलबाट पोखरा जाँदै गरेको लु १ ख ८५५ १ नम्बरको बसले मधेश प्रदेश ०३–००२ ख २१५९ नम्बरको ट्रकलाई पछाडिबाट ठक्कर दिँदा बसमा सवार ६ यात्रु घाइते भएका हुन् ।
घाइते यात्रुहरुलाई उपचारका लाग चितवनको भरतपुर पठाइएको र सबैको अवस्था खतरामुक्त रहेको इलाका प्रहरी कार्यालय मुग्लिनकी प्रमुख इन्सपेक्टर निरला भण्डारीले जानकारी दिइन् ।
बिग्रिएर सडक छेउँमा रोकिराखेको ट्रकको पछाडि आज बिहान करिब साढे ४ बजेतिर बस ठोक्किएको थियो ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १५ पुस २०८१, १० : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मोटरसाइकल आपसमा ठोकिँदा एक जनाको मृत्यु, दुईजना घाइते
चितवनमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु
मोटरसाइकल दुर्घटना स्थलमा युवकको शव फेला
गिरिबन्धु टि-स्टेट नजिक मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु
दार्चुलामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु
रुपन्देहीमा सवारी दुर्घटना, दुई जनाको मृत्यु