काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय प्रचार प्रसार तथा प्रकाशन विभागको बैठक आज बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बस्ने बैठक बिहान ११ बजे सुरु हुने विभागका प्रमुख पूर्ण बस्नेतले जानकारी दिएका छन ।
पार्टीले विभागहरूलाई यथाशीघ्र बैठक बसी कार्ययोजना र समय तालिका निर्माण गरी सम्बन्धित भ्रातृसंगठनलाई क्रियाशील बनाउने र आवश्यक कार्य गरी विभिन्न तहको अधिवेशन सम्पन्न गरी तोकिएको समय सीमाभित्र राष्ट्रिय अधिवेशन सम्पन्न गर्न परिपत्र गरेबमोजम गठित विभागहरूको बैठक चलिरहेको बस्नेतले बताएका छन् ।
जसपा नेपालले पुस ८ गतेदेखि पुस २४ गतेसम्म गठन भएका विभागहरूको बैठक पालैपालो बस्ने गरी बोलाएको छ । गठन भएपछिको अधिकांश विभागको पहिलो पटकको बैठक भएको हुनाले बैठकबाट सम्बन्धित विभागले आवश्यक पदाधिकारी चयन गर्ने गरेको उनको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १३ पुस २०८१, ०८ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जसपाबाट विद्रोह गरेको श्रेष्ठ समूह आज नेकपा प्रवेश गर्दै
नेकपा र जसपावीच पार्टी एकताका लागि आज निर्णायक वार्ता
पार्टी एकताबारे नेकपा र जसपाबीच आज पनि वार्ता हुँदै
जसपाको कार्यकारिणी समिति बैठक आज पनि बस्दै
समाजवादी युवा सङ्घका केन्द्रीय अध्यक्ष नै जसपा नेपालमा
जसपा नेपालको कोशी र मधेश प्रदेश समितिमा नयाँ नेतृत्व