तनहुँ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले नेपालको प्रजातान्त्रिक आन्दोलनमा अमरराज कैनीको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।
तनहुँको व्यास नगरपालिका-२ निवासी पूर्व राज्यमन्त्री एवं काँग्रेस नेता अमरराज कैनीद्वारा लिखित ‘आफ्नै विगत नियाल्दा, प्रजातन्त्रको सौन्दर्य र अविस्मृत विम्बहरू’ पुस्तकको आज दमौलीमा विमोचन गर्दै स्वास्थ्य मन्त्री पौडेलले नेपालको प्रजातान्त्रिक आन्दोलन, काँग्रेस पार्टीको सुदृढीकरणमा कैनीको भूमिकालाई बिर्सन नमिल्ने उनले बताए ।
उनले भने, “देश र पार्टीका लागि उहाँले खेल्नुभएको भूमिकालाई हामीले बिर्सन मिल्दैन ।” स्वास्थ्य मन्त्री पौडेलले कैनीले लेख्नुभएको पुस्तक अध्ययनका लागि महत्त्वपूर्ण स्रोत हुने बताए ।
कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य जितप्रकाश आले, व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेलगायतले कैनीको योगदानका बारेमा चर्चा गरेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १२ पुस २०८१, १९ : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
हैजा प्रभावित क्षेत्र अनुगमन गर्न वीरगन्ज जाँदै स्वास्थ्य मन्त्री पौडेल
स्वास्थ्य मन्त्री पौडेलको एक वर्ष : दातृ निकायको सहयोग कटौतीले चुनौती
स्वास्थ्य मन्त्री पौडेल अस्वस्थ्य
विश्व स्वास्थ्य सम्मेलनमा स्वास्थ्य मन्त्री पौडेलको सम्बोधन
कार्यान्वयनमा आयो स्वास्थ्य मन्त्री पौडेलले युएईमा घोषणा गरेको प्रतिबद्धता
काँग्रेस बाहेक अन्य राजनीतिक दलहरूको अर्थनीति छैन : स्वास्थ्यमन्त्री पौडेल