काठमाडौं । संसदीय दलको कार्यवाहक नेताबारे छलफल गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सचिवालय बैठक बोलाएको छ । रास्वपाले शुक्रबार दिउँसो ३ बजे सचिवालय बैठक बस्न लागेको हो ।
पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बस्ने बैठकमा संसदीय दलको कार्यवाहक नेता तोक्नेबारे छलफल हुने एक नेताले बताए । ‘शुक्रबारको सचिवालय बैठक संसदीय दलको नेताको विषयमा छलफल गर्नका लागि हो,’ ती नेताले भने ।
सहकारी ठगी, संगठित अपराध र सम्पति शुद्धीकरण मुद्दा परेर पार्टी सभापति तथा संसदीय दलका नेता रवि लामिछाने गत सोमबार सांसद पदबाट निलम्बित छन् ।हाल रास्वपा संसदीय दलको नेतामा पाँच आकांक्षी छन् । संसदीय दलको उपनेता विराजभक्त श्रेष्ठ, कार्यवाहक सभापति डिपी अर्याल, उपसभापति स्वर्णिम वाग्ले, सहमहामन्त्री सुमना श्रेष्ठ र सांसद चन्दा कार्कीले संसदीय दल नेताका रुपमा आफूलाई अघि सारेका छन् ।
अर्याल पार्टीमा पनि कार्यवाहक सभापति रहेकाले उनलाई नै संसदीय दलको कार्यवाहक नेता तोक्ने तयारी छ । तर निलम्बित सांसद तथा सभापति रविले कार्यवाहक सभापतिमा अर्याललाई हिरासतबाटै ‘टीका लगाइदिएको’ भन्दै रास्वपाभित्रको एउटा पक्ष असन्तुष्ट छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १२ पुस २०८१, ११ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जेन जेड अगुवा पुरुषोत्तम यादवले दिए रास्वपा समानुपातिक उम्मेदवारका लागि आवेदन
रास्वपाको समानुपातिक उम्मेदवार बन्न आवेदन दिएकाहरूको नामावली सार्वजनिक
जेनजी अभियन्ता यादव रास्वपाको राजनीतिमा, समानुपातिक उम्मेदवार बनाउने तयारी
यी हुन् रास्वपा समानुपातिकतर्फ मधेश प्रदेशका प्रारम्भिक उम्मेदवार (सूचीसहित)
रास्वपाको समानुपातिक सांसद बन्ने होड : आवेदन दिएका सातै प्रदेशका उम्मेदवारको सूची प्रकाशित
रास्वपाले समानुपातिक उम्मेदवारीको म्याद पुस ५ सम्म थप्यो