काठमाडौं । संसदीय दलको कार्यवाहक नेताबारे छलफल गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सचिवालय बैठक बोलाएको छ । रास्वपाले शुक्रबार दिउँसो ३ बजे सचिवालय बैठक बस्न लागेको हो ।
पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बस्ने बैठकमा संसदीय दलको कार्यवाहक नेता तोक्नेबारे छलफल हुने एक नेताले बताए । ‘शुक्रबारको सचिवालय बैठक संसदीय दलको नेताको विषयमा छलफल गर्नका लागि हो,’ ती नेताले भने ।
सहकारी ठगी, संगठित अपराध र सम्पति शुद्धीकरण मुद्दा परेर पार्टी सभापति तथा संसदीय दलका नेता रवि लामिछाने गत सोमबार सांसद पदबाट निलम्बित छन् ।हाल रास्वपा संसदीय दलको नेतामा पाँच आकांक्षी छन् । संसदीय दलको उपनेता विराजभक्त श्रेष्ठ, कार्यवाहक सभापति डिपी अर्याल, उपसभापति स्वर्णिम वाग्ले, सहमहामन्त्री सुमना श्रेष्ठ र सांसद चन्दा कार्कीले संसदीय दल नेताका रुपमा आफूलाई अघि सारेका छन् ।
अर्याल पार्टीमा पनि कार्यवाहक सभापति रहेकाले उनलाई नै संसदीय दलको कार्यवाहक नेता तोक्ने तयारी छ । तर निलम्बित सांसद तथा सभापति रविले कार्यवाहक सभापतिमा अर्याललाई हिरासतबाटै ‘टीका लगाइदिएको’ भन्दै रास्वपाभित्रको एउटा पक्ष असन्तुष्ट छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १२ पुस २०८१, ११ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
१८ वर्षमुनिका बालबालिकालाई पार्टी सदस्य बनाउने नीति नभएको रास्वपाको स्पष्टोक्ति
रास्वपाको नवनिर्वाचित केन्द्रीय समितिको पहिलो बैठक सुरु
रास्वपाका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूको शपथ आज
रास्वपाका पदाधिकारी र केन्द्रीय सदस्यको शपथ बुधबार हुने
रास्वपाका पदाधिकारी र केन्द्रीय सदस्यको शपथ बुधबार
रास्वपाले ३५ हजारभन्दा बढी बालबालिकालाई पार्टीको सदस्य बनाएको भन्दै कांग्रेसको आपत्ति