काठमाडौं । संघीय संसद्का दुई वटा समितिको बैठक बस्दै छ । संघीय संसद् भवन, सिंहदरबार परिसरमा उक्त बैठक बस्ने संसद् सचिवालयले जनाएको छ ।
जस अनुसार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा पुरानै एजेन्डा सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक उपर संशोधन प्रस्तावकर्ता सांसदहरूसँग छलफल हुनेछ । जुन बैठक अपराह्न १२ः१५ बजेबाट सुरु हुनेछ ।
उता, पूर्वाधार विकास समितिको बैठकमा पनि पुरानै एजेन्डाले निरन्तरता पाउनेछ । जसअनुसार विद्युत् विधेयक, २०८० माथि संशोधनकर्ता सांसदसँगको छलफल बिहान ११ः०० बजेबाट सुरु हुनेछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १२ पुस २०८१, ०७ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची
सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची
सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची
संसद् बैठक अघि विपक्षी दलहरूको बैठक बस्दै
संसद् भवनमा विपक्षी दलको बैठक
सङ्घीय संसद्को दुवै सदनको बैठक आज बस्दै, के-के छन् कार्यसूची ?